close

इन्जिनियरिङ लाइसेन्स परीक्षाको आवेदन खुल्यो, अनलाइनबाट फाराम भर्न सकिने

टेकपाना टेकपाना

पुस २५, २०८० १३:११

इन्जिनियरिङ लाइसेन्स परीक्षाको आवेदन खुल्यो, अनलाइनबाट फाराम भर्न सकिने

काठमाडौं । नेपाल इन्जिनियरिङ परिषद्ले साधारण दर्तावाला इन्जिनियरको नाम दर्ता सम्बन्धी परीक्षाको लागि आवेदन खुलाएको छ ।एक सूचना जारी गर्दै परिषद्ले अनलाइन आवेदन खुलाएको हो ।

नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ (पहिलो संशोधन ऐन, २०७९) को व्यवस्था बमोजिम परिषद्ले आवेदन माग गरेको हो ।

यसअन्तर्गत २५०० रुपैयाँ तिरेर आगामी पुस २९ गतेदेखि फागुन ६ गतेसम्म र दोब्बर दस्तुर बुझाएर फागुन १३ गतेसम्म आवेदन दिन सकिने छ ।

परीक्षाको मिति तथा अन्य जानकारी हेर्न यहाँ र आवेदन फाराम भर्न यहाँ क्लिक गर्नुहोस् ।

हेर्नुहोस् सूचना 

 

पछिल्लो अध्यावधिक: पुस २५, २०८० १३:१५