close

नास्टमा रोजगारीको अवसर, माग्यो नवप्रवर्तन अनुसन्धानकर्ता र परियोजना सहायक

टेकपाना टेकपाना

माघ ५, २०८० १२:३६

नास्टमा रोजगारीको अवसर, माग्यो नवप्रवर्तन अनुसन्धानकर्ता र परियोजना सहायक

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले नवप्रवर्तन सहायक अनुसन्धानकर्ता र नवप्रवर्तन परियोजना सहायक पदमा आवेदन माग गरेको छ ।

प्रतिष्ठानको प्रविधि संकाय अन्तर्गत 'नवीनतम अनुसन्धान, प्रविधि हस्तान्तरण एवम् समृद्धिका लागि नवप्रवर्तन केन्द्र' परियोजना अन्तर्गत यी पदमा आवेदन मागिएको हो ।

आर्थिक वर्ष २०८०/८१ को लागि स्वीकृत उक्त परियोजना सञ्चालन गर्न केही नवप्रवर्तन सहायक अनुसन्धानकर्ता र नवप्रवर्तन परियोजना सहायकहरूको आवश्यक भएकाले माग गरिएको प्रतिष्ठानले जनाएको छ । यसमा छनोट हुने व्यक्तिले बढीमा एक आर्थिक वर्ष सेवा गर्नुपर्ने छ ।

प्रतिष्ठानले नवप्रवर्तन सहायक अनुसन्धानकर्ता अन्तर्गत एक-एक जना मेकानिकल, इलेक्ट्रोनिक्स/इलेक्ट्रिकल, अटोमोबाइल इन्जिनियर माग गरेको छ । त्यस्तै नवप्रवर्तन परियोजना सहायकमा पएक-एक जना प्राविधिक सहायक मेकानिकल र इलेक्ट्रोनिक्स/इलेक्ट्रिकल इन्जिनियर मागिएको छ । 

इच्छुक व्यक्तिले यी पदमा माघ २६ गते सम्ममा आवेदन दिइसक्नु पर्नेछ । उनीहरूले प्रतिष्ठानको केन्द्रीय कार्यालयमा अथवा [email protected] मा आवेदन दिनु पर्ने बताइएको छ । उनीहरूको लिखित परीक्षा भने माघ २९ गते हुने सूचनामा उल्लेख छ । यसबारे थप बुझ्न यहाँ क्लिक गर्न सक्नुहुन्छ ।

हेर्नुहोस् सूचना

पछिल्लो अध्यावधिक: माघ ५, २०८० १२:३६