काठमाडौं । आईसीसी अन्डर-१९ मेन्स क्रिक्रेट वर्ल्डकप २०२४ मा नेपालले आज पहिलो खेल न्युजिल्यान्डसँग खेलिरहेको छ । याे खेल अनलाइनबाट निःशुल्क हेर्न सकिन्छ ।
आईसीसीले आफ्नो आधिकारिक वेबसाइट र एपबाट खेलको प्रत्यक्ष प्रसारण हेर्ने सुविधा दिएको छ ।
यसरी हेर्नुहोस् खेल
-सबैभन्दा पहिले यहाँ क्लिक गरेर आईसीसीको वेबसाइट जानुहोस् ।
-त्यसपछि माथि दायाँपट्टि रहेको ‘Sign In’ आइकनमा क्लिक गर्नुहोस् ।
-त्यसपछि तलपट्टि फेसबुक, गुगल वा एप्पल अकाउन्टबाट साइनअप गर्नुपर्ने हुन्छ । (हामी यहाँ गुगल अकाउन्ट प्रयोग गर्दैछौं ।)
-त्यसका लागि गुगलको अप्सन छान्नुहोस् ।
-अनि आफूसँग भएको गुगल अकाउन्ट छान्नुहोस् । यति गरेपछि 'Continue' बटनमा क्लिक गर्नुहोस् ।
-त्यसपछि आफ्नो नाम, देशको नाम राखेर 'Terms and Conditions' मार्क गर्नुहोस् ।
-र, 'Create Account' बटनमा क्लिक गर्नुहोस् ।
-यति गरेपछि माथि रहेको 'Watch' सेक्सनमा जानुहोस् । अनि नेपाल र न्युजिल्यान्डको ब्यानर भएको तलपट्टि 'Watch' बटनमा क्लिक गर्नुहोस् ।
यसरी तपाईं वेबसाइटमा नेपाल र न्युजिल्यान्डबीचको खेल लाइभ हेर्न सक्नुहुन्छ । त्यस्तै आईसीसी क्रिकेटको आधिकारिक मोबाइल एप (एन्ड्रोइड र आईओएस) बाट पनि खेल हेर्न सकिन्छ ।