close

१२ जीबी र्‍याम सहित ‘अनर एक्स नाइन बी’ नेपाली बजारमा, मूल्य ४४ हजार

टेकपाना टेकपाना

माघ १४, २०८० १२:९

१२ जीबी र्‍याम सहित ‘अनर एक्स नाइन बी’ नेपाली बजारमा, मूल्य ४४ हजार

काठमाडौं । नेपाली बजारमा ‘अनर एक्स नाइन बी’ स्मार्टफोन उपलब्ध भएको छ । अनरको नेपालस्थित आधिकारिक बिक्रेता सेल्ट्रोन नेपाल प्रालिले नेपालभर यो फोन उपलब्ध भएको जानकारी दिएको छ । यसअघि २७ जनवरी (शनिबार)सम्म यो फोनको प्रिअर्डर खुलाइएको थियो । 

‘अनब्रेकेबल स्मार्टफोन’ ट्यागलाइनमा आएको यो फोनमा १०८ मेगापिक्सेल अल्ट्रा क्लियर क्यामेरा, ५ मेगापिक्सेल अल्ट्रा वाइड क्यामेरा र २ मेगापिक्सेलको म्याक्रो गरी पछाडि ट्रिपल क्यामेरा सेटअप छ । त्यस्तै सेल्फीका लागि १६ मेगापिक्सेल क्यामेरा छ ।

६.७८ इन्च एमोलेड कर्भ्ड डिस्प्ले रहेको फोनमा ५८०० एमएएच क्षमताको ब्याट्री रहेको छ, जसका लागि कम्पनीले ३५ वाटको चार्जर साथमा दिएको छ । क्वालकम स्न्यापड्रागन सिक्स जेन वन चिपसेटबाट सञ्चालित यो फोन एन्ड्रोइड १३ मा आधारित म्याजिक ओएस ७.२ मा चल्छ । 

यो फोनमा अल्ट्रा बाउन्स एन्टी ड्रप डिस्प्ले रहेको छ, जसमा बलियो प्रोटेक्टिभ ग्लास सहित तीन तहको डिस्प्ले टेक्नोलोजी रहेको कम्पनीको भनाइ छ । कम्पनीले पाँच फिटबाट फोन ड्रप गर्दा पनि कुनै क्षति नहुने गरी फोनको फ्रेम र कम्पोनेन्टहरू डिजाइन गरिएको दाबी गरेको छ ।

त्यस्तै फोनले आईपी५३ वाटर एन्ड डस्ट रेसिस्टेन्स प्राप्त गरेको छ । फोन आफैंमा सोलिड मेटल फ्रेम र उच्च गुणस्तरको पोलिकार्बोनेट प्रयोग गरी बनाइएकाले बलियो भएको कम्पनीले उल्लेख गरेको छ ।

नेपाली बजारमा १२ जीबी र्‍याम तथा २५६ जीबी भेरियन्टमा उपलब्ध हुने यो फोनको मूल्य ४३ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

पछिल्लो अध्यावधिक: माघ १४, २०८० १२:९