close

सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा एनसेलको फोरजी सेवा सुधार

टेकपाना टेकपाना

माघ १९, २०८० १३:५४

सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा एनसेलको फोरजी सेवा सुधार

काठमाडौं । एनसेलले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका स्थानीय स्तर र क्षेत्रमा आफ्नो फोरजी सेवा सुधार गरेको छ । यससँगै यी प्रदेशका डेढ दर्जन बढी क्षेत्रका ग्राहकले सुधारिएको फोरजी सेवामा पहुँच पाउने कम्पनीले जनाएको छ ।​

एनसेलका अनुसार सुदूरपश्चिमका बेलौरी, धनगढी, गौरीगंगा, घोडाघोडी, जानकी, कृष्णपुर र लम्कीचुहा तथा लुम्बिनी प्रदेशका बुटवल, देवदह, घोराही, लुम्बिनी सांस्कृतिक विकास क्षेत्र, नरैनापुर, ओमसतिया, सैनामैना, सिदार्थनगर, सुनवल, तिलोत्तमा र तुलसीपुरमा फोरजी सेवा थप सुधार भएको छ ।

​एनसेलले आफ्नो फोरजी सेवा ७७ ओटै जिल्लामा गरी कूल जनसंख्याको ९२.०९ प्रतिशतमा पुगेको जनाएको छ ।

पछिल्लो अध्यावधिक: माघ १९, २०८० १४:१६