close

गुगल बार्डमा पनि अब शब्द टाइप गरेकै भरमा फोटो तयार हुने

टेकपाना टेकपाना

माघ १९, २०८० १६:२४

गुगल बार्डमा पनि अब शब्द टाइप गरेकै भरमा फोटो तयार हुने

काठमाडौं । गुगलको च्याटबट बार्डमा शब्दकै भरमा फोटो तयार पार्न सकिने भएको छ । गुगलले बिहीवारदेखि बार्डमा यो फिचर उपलब्ध गराएको हो । यससँगै अब प्रयोगकर्ताले प्रम्प्टको भरमा फोटो तयार पार्न सक्ने गुगलले जनाएको छ ।

कम्पनीले बार्डमा जेमिनाई प्रो लार्ज ल्याङ्ग्वेज मोडेल समावेश गरेको छ । जसले गर्दा शब्दकै भरमा फोटो तयार पार्न सकिनेछ ।

पछिल्लो समय गुगलले ओपनएआईको च्याटजीपीटी प्लससँग कडा प्रतिस्पर्धा गरिरहेको छ । च्याटजीपीटी प्लस जीपीटी फोर मोडेलमा आधारित छ । यसमा ड्यालई पनि समावेश छ, जसले गर्दा प्रयोगकर्ताले शब्दको भरमा फोटो तयार पार्न सक्छन् ।

च्याटजीपीटी प्लसको सन्दर्भमा प्रयोगकर्ताले शुल्क तिर्नुपर्ने हुन्छ । तर, गुगलले भने यो फिचर निःशुल्क उपलब्ध गराउन लागेको छ । यसअघि बार्डमा फोटो अपलोड गरेर त्यसका बारेमा थाहा पाउन सकिने विशेषता मात्र थियो ।

यो फिचर सार्वजनिक भएसँगै सामाजिक सञ्जाल एक्समा गायिका टेलर शिफ्टका अश्लील फोटोहरू भाइरल भइरहेका छन् । ती फोटो बार्डले नै तयार पारेको हो वा अन्य टुलले तयार पारेका हुन् भन्ने बारे स्पष्ट छैन ।

गुगलले भने बार्डमा जिम्मेवार तरिकाले फोटो बनाउने क्षमता भएको दाबी गर्दै आएको छ । गुगल बार्ड प्रयोग गर्न यहाँ क्लिक गर्नुहाेस् ।

पछिल्लो अध्यावधिक: माघ १९, २०८० १६:२७