close

लेनोभोले ल्यायो वारपार छर्लङ्गै देखिने पारदर्शी ल्यापटप

टेकपाना टेकपाना

फागुन १४, २०८० २०:५२

लेनोभोले ल्यायो वारपार छर्लङ्गै देखिने पारदर्शी ल्यापटप

काठमाडौं । तपाईंले चलाइरहेको ल्यापटपले छेकिने पारी पट्टिको भाग देखिने भए कस्तो हुन्थ्यो होला ? अब चिन्ता नलिनु होस्, लेनोभोले ठ्याक्कै त्यो कल्पनालाई यथार्थमा परिणत गरिदिएको छ । 

कम्प्युटर तथा इलेक्ट्रोनिक्स ब्रान्ड लेनोभोले बार्सिलोनामा जारी मोबाइल वर्ल्ड कङ्ग्रेस (एमडब्लूसी) मा थिङ्कबुक ट्रान्सपरेन्ट डिस्प्ले ल्यापटप सार्वजनिक गरेको छ । पारदर्शी डिस्प्ले भएको यो ल्यापटप पछिल्तिर के छ भन्ने कुरा प्रस्ट देख्न सकिन्छ । 

१७.३ इन्चको उक्त ल्यापटमा माइक्रोएलईडी स्क्रिन राखिएको छ । साथै एक हजार निट्स सहितको ब्राइटनेस दिइएको यो ल्यापटप कोठा भित्र/बाहिर जहाँ पनि प्रयोग गर्न सकिन्छ ।
यसका साथै ल्यापटपको किबोर्ड समेत भर्चुअल रहेको छ । अर्थात् ल्यापटपको किबोर्ड स्मार्टफोनमा हुने टच किबोर्ड जस्तै रहेको छ । जसलाई टाइप गर्ने समयमा किबोर्ड बनाउने र बाँकी समय भर्चुअल ड्रइङ बोर्डको रूपमा प्रयोग गर्न सकिन्छ । 

ल्यापटप बन्द हुँदा स्क्रिन नदेखिन सक्छ । किनभने यसमा बेजल हालिएको छैन । ‘अन’ गरेपछि भने डिस्प्ले रहेको देख्न सकिन्छ । 

तर ल्यापटपमा गोपनीयताको समस्या भने छ । जसरी ल्यापटप चलाउँदा पछाडि के भइरहेको छ भनेर थाहा पाउन सकिन्छ, त्यसरी नै पछाडिबाट हेर्दा ल्यापटपमा के भइरहेको छ भनेर हेर्न सकिन्छ । 

जुन गोपनीयताको नजरबाट ठूलो समस्या हो । यद्यपि लेनोभोको पारदर्शी ल्यापटप बिक्रीका लागि उपलब्ध भइसकेको भने छैन ।

पछिल्लो अध्यावधिक: फागुन १४, २०८० २०:५४