close

क्यामेरा भएको एयरपड्स ल्याउँदै एप्पल

टेकपाना टेकपाना

फागुन १९, २०८० ११:८

क्यामेरा भएको एयरपड्स ल्याउँदै एप्पल

काठमाडौं । पछिल्लो समय वेयरेबल फिटनेस ट्रयाकिङ डिभाइसहरू विभिन्न आकारमा उपलब्ध छन् । ब्रान्डहरूले ती डिभाइसलाई फरक-फरक डिजाइनले तयार पारेका छन् । मोबाइल वर्ल्ड कङ्ग्रेस २०२४ मा सामसङले 'स्मार्ट रिङ' सार्वजनिक गरेको थियो, जसले सटीक रूपमा मानिसको स्वास्थ्यलाई ट्रयाक गर्ने कम्पनीको दाबी छ ।

एप्पलले पनि गत वर्ष ह्याप्टिक फिडब्याक र प्रेसर सेन्सेटिभ इन्पुट सुविधा सहितको स्मार्ट रिङ ल्याउने जनाएको थियो । यद्यपि अहिलेसम्म कम्पनीले यसको विकास कहाँसम्म पुग्यो भन्ने विषयको जानकारी बाहिर ल्याइसकेको छैन ।

ब्लुमबर्गका अनुसार वेयरेबल डिभाइसलाई विस्तार गर्ने क्रममा एप्पलले म्युजिकको सुविधा भएको स्मार्ट ग्लास र क्यामेरा समावेश भएको एयरपड्स ल्याउन लागेको छ । गत वर्ष एप्पलका इन्जिनियरले एयरपड्समा लो रेजोलुसनका क्यामेरा सेन्सर कसरी अटाउने भन्ने विषयमा चर्चा गरेका थिए ।

अब सार्वजनिक हुने नयाँ एयरपड्समा भने क्यामेरा र अन्य एआई फिचर हुने ब्लुमबर्गले उल्लेख गरेकाे छ । त्यस्तै स्मार्ट ग्लासमा पनि कम्पनीले बिल्टइन स्पिकर, क्यामेरा, हेल्थ सेन्सर र एआई फिचर समावेश गर्नेछ । अहिले यो प्रविधि विकासकै क्रममा भएकाले कहिले सार्वजनिक हुन्छ भन्ने विषय खुलेको छैन ।

पछिल्लो अध्यावधिक: फागुन १९, २०८० ११:८