close

अब लिङ्क्डइनमा पनि गेम खेल्न सकिने

टेकपाना टेकपाना

चैत ४, २०८० ९:१

अब लिङ्क्डइनमा पनि गेम खेल्न सकिने

काठमाडौं । माइक्रोसफ्ट स्वामित्वको सामाजिक सञ्जाल प्लेटफर्म लिङ्कक्डइनमा गेमिङ फिचर आउने भएको छ । विश्वभर एक अर्ब प्रयोगकर्ता रहेको यो प्लेटफर्ममा पजलमा आधारित गेम आउन लागेको हो ।

अनलाइन प्लेटफर्ममा मानिसहरू धेरै समय बिताइरहेको सन्दर्भमा लिङ्क्डइनले ल्याउन लागेको गेमलाई चासोका साथ हेरिएको छ । प्रविधि मिडिया टेकक्रन्चका अनुसार लिङ्क्डइनले आफ्ना प्रयोगकर्तालाई गेमिङ अनुभव दिलाउन वर्डल जस्तै पजल मेनिया गेम ल्याउन लागेको हो ।

यो गेम प्रयोगकर्ताले आफ्ना सहकर्मी तथा अन्य कम्पनीविरुद्ध खेल्न सक्नेछन् । लिङ्क्डइनका प्रवक्ताले पनि पजल गेम ल्याउन लागेको पुष्टि गरेको टेकक्रन्चले जनाएको छ । तर कहिलेसम्म गेम उपलब्ध हुन्छ भन्ने विषयमा केही खुलेको छैन ।

पछिल्लो अध्यावधिक: चैत ४, २०८० ९:१