close

१९ सिट क्षमता भएको विद्युतीय भ्यानको बुकिङ सुरु, सीएटीएल ब्याट्रीमा ४ लाख किमि वारेन्टी

टेकपाना टेकपाना

चैत ९, २०८० ११:३६

१९ सिट क्षमता भएको विद्युतीय भ्यानको बुकिङ सुरु, सीएटीएल ब्याट्रीमा ४ लाख किमि वारेन्टी

काठमाडौं । १९ सिट क्षमता भएको किङ्ग लङ्ग ब्रान्डको विद्युतीय भ्यानको बुकिङ खुला भएको छ । सीजी मोटर्सले सात वर्ष वा चार लाख किमिसम्मको ब्याट्री वारेन्टी सहित नयाँ विद्युतीय भ्यानको बुकिङ लिन थालेको हो ।

एक पटकको चार्जमा ३०० किमि रेन्ज दिने सीएटीएल ब्याट्री भएको यो गाडीको मूल्य ७८ लाख रुपैयाँ रहेको छ । यसमा १० ओटा रिजेन मोड, २२० एमएमको ग्राउन्ड क्लियरेन्स, खाल्डाखुल्डी सहितको सडकका लागि बलियो टायर, २५ प्रतिशतसम्मको उकालोमा सहजै उक्लिन सक्ने जस्ता विशेषता रहेका छन् ।

३७२० एमएम ह्विल बेस अर्थात् अगाडि र पछाडिका टायरको दूरी रहेको यो गाडीको तौल चार हजार २०० केजी रहेको छ । अधिकतम भार बहन क्षमता १४२० केजी, ९० किलोवाटको ब्याट्री, फास्ट तथा स्लो चार्जका लागि जीबी/टी पोर्ट, ६.६ किलोवाटको स्लो चार्ज सपोर्ट, अधिकतम् स्पिड ९० किमि प्रति घण्टा, २२० एमएम ग्राउन्ड क्लियरेन्स जस्ता फिचर पनि यसमा पाउन सकिन्छ ।

त्यस बाहेक एबीएस, एमपी फाइभ, रिभर्स भ्यु क्यामेरा, बजर सहितको रिभर्स पार्किङ सेन्सर, एभीएएस, सेन्ट्रल लकिङ, एसी, रेडिओ, यूएसबी तथा एसडी कार्ड स्लट समेत यो भ्यानमा रहेका छन् ।

पछिल्लो अध्यावधिक: चैत ९, २०८० ११:३६