close

विश्वभर च्याटजीपीटी डाउन

टेकपाना टेकपाना

जेठ २२, २०८१ १५:२४

विश्वभर च्याटजीपीटी डाउन

काठमाडौं । जेनेरेटिभ एआई मोडेल च्याटजीपीटी विश्वव्यापी रूपमा डाउन भएको छ । सामाजिक सञ्जालका विभिन्न माध्यमबाट प्रयोगकर्ताले च्याटजीपीटी नचलेको गुनासो गरेका छन् ।

विभिन्न वेबसाइट र सेवाहरूको अवस्थाबारे रियल-टाइम जानकारी दिने अनलाइन प्लेटफर्म डाउनडिटेक्टरले दुई घण्टादेखि च्याटजीपीटीमा समस्या आएकाे उल्लेख गरेको छ । प्रयोगकर्ताका अनुसार अहिले यसमा च्याट गर्न, भ्वाइस च्याट गर्न मिलिरहेको छैन ।

वेबसाइट ब्राउज गर्ने हो भने पनि एरर मेसेज देखिन्छ । कतिपय प्रयोगकर्ताले भने वेबसाइट/एप खुले पनि त्यसमा केही गर्न नमिलेको गुनासो गरेका छन् । 

यस विषयमा च्याटजीपीटी निर्माता ओपनएआईले साइट डाउन भएको बारे कुनै औपचारिक जानकारी दिएको छैन । कम्पनीले सोमबारदेखि सबै प्रयोगकर्तालाई हालै सार्वजनिक भएका नयाँ फिचर उपलब्ध गराउन थालेको थियो । त्यसैले पनि च्याटजीपीटी डाउन भएको हुनसक्ने अनुमान गरिएको छ । 

 

अपडेटः च्याटजीपीटीमा देखिएको समस्या समाधान भएको छ ।

पछिल्लो अध्यावधिक: जेठ २२, २०८१ १८:१८