close

'सडक डिभिजनको इन्जिनियर हुँ' भन्दै महिलासँग प्रेम सम्बन्ध राख्ने अनि रकम ठग्ने १ युवक पक्राउ

टेकपाना टेकपाना

असार २८, २०८१ १४:४८

'सडक डिभिजनको इन्जिनियर हुँ' भन्दै महिलासँग प्रेम सम्बन्ध राख्ने अनि रकम ठग्ने १ युवक पक्राउ

काठमाडौं । प्रहरीले ठगी गरी आपराधिक लाभ लिने कार्यमा संलग्न रहेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको डिलासैनी गाउँपालिका-१ घर भई कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-२ बस्ने २७ वर्षीय नरेन्द्र साउद रहेका छन् ।

उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । साउदले आफूलाई सडक डिभिजनको इन्जिनियर हुँ भनि सामाजिक सञ्जाल मार्फत महिलाहरूसँग चिनजान गर्ने र प्रेम तथा विवाहको प्रलोभन देखाई रकम ठगी गर्ने गरेको बताइएको छ ।

आपराधिक लाभ लिने कार्यमा संलग्न रहेको भन्दै उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिन भवनबाट खटिएको प्रहरीले काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो । साउदलाई आवश्यक अनुसन्धान तथा कार्बाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

पछिल्लो अध्यावधिक: असार २८, २०८१ १४:४८