close

जब साथीले नै प्रेमिकाको अश्लील भिडिओ उनका आमा-बुबालाई पठाइदिए...

टेकपाना टेकपाना

साउन २, २०८१ ७:२२

सांकेतिक तस्वीर सांकेतिक तस्वीर

काठमाडौं । राम शर्मा (नाम परिवर्तन) कञ्चनपुरको एक विद्यालयमा पढ्छन् । उनी कक्षाकै एक छात्रासँग सामाजिक सञ्जाल फेसबुकमा करिब डेढ वर्षअघि जोडिएका थिए । कक्षामा हुँदा नै शर्माले किशोरीलाई प्रेम प्रस्ताव राखेका थिए । त्यही समयदेखि उनीहरूबीच मेसेन्जरमा दिनहुँ कुरा भइरहन्थ्यो । 

कुराकानीकै क्रममा एकदिन ती किशोरले किशोरीलाई अश्लील कुरा गर्न उक्साए । आफूहरू बीचको कुरा गोप्य हुने भन्दै शरीरको माथिल्लो भागको लुगा खोल्न लगाए । किशोरीले पनि प्रेमीले भने जस्तै गरिन् । र, लुगा फुकालिन् । त्यसपछि ती किशोरले ब्रा (भित्री वस्त्र) खोली वक्षस्थल देखाउन अनुरोध गरे । प्रेमिकाले पनि त्यसै गरिन् । तर, यता भने किशोरले सबै गतिविधिको स्क्रिन रेकर्ड गरेर राखेका थिए । यो वैशाख २०८० को कुरा हो । 

त्यसको डेढ वर्ष अर्थात् २५ जेठ २०८१ मा किशोरीकी आमा र बुबाले प्रयोग गर्ने मेसेन्जरमा छोरीको अश्लील भिडिओ आयो । ‍किशोरीले तत्कालै उक्त भिडिओ कसरी आमा-बुबाको मेसेन्जरमा आइपुग्यो भन्दै किशोरलाई सोधिन् । किशोरले जवाफ फर्काए, “हामीले भिडिओ कल गर्दा मेरो साथी नरेश भट्ट पनि सँगै बस्थ्यो । उसले भिडिओ कल रेकर्ड गरेको रहेछ । उसैले पठाए जस्तो छ ।”

उक्त कुरा किशोरीका आमा-बुबाले थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दिए । २५ असारमा प्रहरीले बोलाएपछि किशोर पनि कार्यालयमा उपस्थित भए । प्रहरीसँगको बयानमा उनले उक्त भिडिओ आफूले नै रेकर्ड गरेको स्वीकार गरे ।

“भिडिओमा मैले नै लुगा खोल्न लगाएको हो, त्यसको स्क्रिन रेकर्ड राखेको थिएँ,” उनले बयानमा भने, “पछि भिडिओ डिलिट गरेको थिएँ ।”

उनका अनुसार आफू पढ्ने कक्षाकै अर्का साथी नरेश भट्टले उनको फोन मागेका थिए । त्यसपछि उनी नभएको बेला भट्टले सो फोनको रिसाइकल बिनमा उक्त भिडिओ भेटे । र, आफ्नो फोनमा ट्रान्सफर गरे । त्यसपछि किशोरीका आमा, बुबा र अन्य आफन्तको मेसेन्जरमा पठाइदिए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारीका अनुसार अर्का प्रतिवादी नरेश भट्ट फरार छन् । यसमा किशोरीसँग जोडिएर अश्लील हर्कत गर्न लगाई स्क्रिन रेकर्ड गर्ने किशोरलाई बाल सुधार गृहमा पठाइएको छ । 

२८ असारमा कञ्चनपुर जिल्ला अदालतमा  दायर अभियोगपत्र अनुसार प्रतिवादी नरेश भट्टलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ (१) बमोजिम सजाय दिन माग गरिएको छ ।

पछिल्लो अध्यावधिक: साउन २, २०८१ ७:३७