काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले वृद्ध व्यक्तिहरूका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नु आवश्यक नभएको बताएका छन् । आजको प्रतिनिधि सभा बैठकमा बोल्दै पन्तले ६०/६५ वर्ष उमेर कटेका व्यक्तिलाई राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नु उचित नभएको बताए ।
“जसलाई वृद्धभत्ता मात्र लिनु छ, ती मान्छेहरूका लागि राष्ट्रिय परिचयपत्र लिन किन जोड दिनु पर्यो ? नागरिकता नै पर्याप्त छ । बाहिर जिल्लाको त कुरा नै छाडौं, काठमाडौंमा समेत गाह्रो भइरहेको छ,” उनले भने ।
सामाजिक सुरक्षा भत्ताका लागि सरकारले परिचयपत्र अनिवार्य गर्दा वयोवृद्ध व्यक्तिहरूलाई गाह्रो भएको र नागरिकता भएका वृद्धहरूलाई राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नु नपर्ने उनको भनाइ छ ।
गृह मन्त्रालयको ध्यानाकर्षण गराउँदै पन्तले गलत निर्णयलाई सच्याउन र तुरुन्त सर्कुलर पठाउन आग्रह गरे । उनले लामो आयु भएका व्यक्तिहरूलाई मात्र राष्ट्रिय परिचयपत्र दिनु पर्ने सुझाव दिए ।