काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा क्रिप्टोकरेन्सीको माध्यमबाट ठगी हुने घटना बढ्दै गएको विषयमा प्रतिक्रिया दिएका छन् । सोमबार बसेको सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधि सभा बैठकको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले यस्ता ठगीका घटनामा दोषी देखिनेलाई कारबाहीको दायरामा ल्याइने बताए ।
“मिटरब्याज, सहकारी, लघुवित्तका क्षेत्र तथा क्रिप्टोकरेन्सीको प्रयोग तथा हुन्डी लगायतका माध्यमबाट ठगीका घटना बढ्दै गएकाले यस प्रकारका आर्थिक अपराधका घटनामा विद्यमान स्रोत साधन र उपलब्ध जनशक्तिबाट प्रभावकारी रूपमा अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याइनेछ,” प्रधानमन्त्री ओलीले भने ।