काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन्सले २४ महिने अफर ल्याएको छ । कम्पनीले २००, २५० र ३०० एमबीपीएस इन्टरनेटमा २९ प्रतिशत छुटसहित यस्तो अफर ल्याएको हो । यस अफर अन्तर्गत करबाहेक १७ हजार ९९० रुपैयाँमै २४ महिनाका लागि २०० एमबीपीएस इन्टरनेट पाउन सकिनेछ ।
२४ महिनाको इन्टरनेट एक्टिभेट गर्दा के फाइदा ?
यदि तपाईंले २४ महिनाका लागि २०० एमबीपीएस इन्टरनेट मात्र जडान गर्न चाहनु भयो भने करबाहेक १७ हजार ९९० रुपैयाँमा तिरे पुग्छ । तर, डुअल ब्यान्ड राउटर, दुई ओटा नोकिया बिकन १.१ राउटर र एन्ड्रोइड सेटटप बक्स लिने भएमा यी सेवा एक्टिभेट गरेको कुनै शुल्क तिर्नु पर्दैन ।
तपाईंले सेक्युरिटी डिपोजिटका रूपमा इन्टरनेटका लागि एक हजार रुपैयाँ, एन्ड्रोइड टीभी सेटटप बक्सका लागि एक हजार रुपैयाँ र बिकन राउटरका लागि तीन हजार रुपैयाँ बुझाउनु पर्ने हुन्छ । सेक्युरिटी डिपोजिटका रूपमा बुझाएको रकम पछि फिर्ता आउँछ । तर, एन्ड्रोइड सेटटप बक्सका लागि हरेक महिना २५० रुपैयाँ तिर्नुपर्ने हुन्छ । आफूलाई आवश्यक नपर्दा यो रकम नतिरे पनि पुग्छ ।
अर्थात् अफरमा तपाईंले २४ महिनाको २०० एमबीपीएस इन्टरनेट, एन्ड्रोइड सेटटप बक्स, बिकन राउटर एक्टिभेट गर्नुभयो भने २५ हजार ३२८ रुपैयाँ तिरे पुग्छ । अफर अवधिभर इन्टरनेट खरिद गर्दा ग्राहकलाई ११ हजार ५२८ रुपैयाँ फाइदा हुन्छ ।
२५० र ३०० एमबीपीएस इन्टरनेट प्याकेज पनि आकर्षक छुटमा पाइने कम्पनीले जनाएको छ । यसअन्तर्गत २४ महिनाका लागि २५० एमबीपीएस इन्टरनेटको शुल्क १९ हजार ४९० रुपैयाँ र ३०० एमबीपीएसका लागि २२ हजार २९० रुपैयाँ कायम गरिएको छ ।
अफर नहुँदा कति लाग्छ शुल्क ?
कम्पनीले १२ महिनाका लागि २०० एमबीपीएस इन्टरनेट १२ हजार ६०० रुपैयाँ कायम गरेको छ । २४ महिनाको हिसाब गर्ने हो भने इन्टरनेट शुल्क मात्र २५ हजार २०० रुपैयाँ पर्न आउँछ । त्यसमा बिकन १.१ राउटरको प्राइमरी र सेकेन्डरी गरी दुई ओटा राउटर एक्टिभेट गर्न दुई हजार रुपैयाँ खर्च लाग्छ । र, डिपोजिट तीन हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । त्यस्तै एन्ड्रोइड सेटटप बक्सका लागि एक हजार रुपैयाँ एक्टिभेसन चार्ज र एक हजार रुपैयाँ डिपोजिट रकम तिर्नुपर्ने हुन्छ ।
त्यसैगरी इन्टरनेटका लागि एक हजार रुपैयाँ डिपोजिट गर्नुपर्ने हुन्छ । यो सबैलाई हिसाब गर्दा २४ महिनाका लागि २०० एमबीपीएस इन्टरनेट जडान गर्न, एन्ड्रोइड सेटटप बक्स तथा बिकन राउटर लिन ग्राहकले करसहित ३१ हजार ८६६ रुपैयाँ तिर्नुपर्ने हुन्छ ।
त्यसबाहेक सेक्युरिटी डिपोजिटका लागि एक हजार इन्टरनेट, एक हजार एन्ड्रोइड सेटटप बक्स र तीन हजार बिकनको प्राइमरी र सेकेन्डरी राउटरका लागि बुझाउनु पर्ने हुन्छ । यो रकम अन्तिममा फिर्ता आउँछ । अर्थात् सबै बुझाउने हो भने २४ महिनाका लागि २०० एमबीपीएस इन्टरनेट र अन्य सेवाका लागि कूल ३६ हजार ८६६ रुपैयाँ तिर्नुपर्ने हुन्छ ।
वर्ल्डलिङको इन्टरनेट राख्दा अरु के फाइदा ?
वर्ल्डलिङ्कले इन्टरनेटसँगै अन्य सेवा पनि दिंदै आएको छ । खासगरी इन्टरनेट जडान गर्न ग्राहकले धेरै समय पर्खिनु पर्दैन । त्यस्तै वर्ल्डलिङ्कका ग्राहकले माइ वर्ल्डलिङ्कको सेवा, सेफनेट, वर्ल्डलिङ्क वाई-फाई एक्सप्रेस लगायतका सेवा पाउँछन् ।