close

च्याटजीपीटीमा आयो दैनिक दुई ओटा निःशुल्क तस्बिर बनाउने सुविधा

टेकपाना टेकपाना

साउन २५, २०८१ १२:४६

च्याटजीपीटीमा आयो दैनिक दुई ओटा निःशुल्क तस्बिर बनाउने सुविधा

काठमाडौं । ओपनएआईले नि:शुल्क च्याटजीपीटी प्रयोगकर्ताहरूका लागि आफ्नो इमेज जेनेरेटिङ मोडल ड्याल-ई थ्रीमा पहुँच उपलब्ध गराउने भएको छ । कम्पनीले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै नि:शुल्क च्याटजीपीटी प्रयोगकर्ताले तस्बिर बनाउन ड्याल-ई थ्री प्रयोग गर्न सक्ने जानकारी दिएको हो ।

अब प्रयोगकर्ताले च्याटजीपीटीमार्फत प्रतिदिन दुई ओटा तस्बिर बनाउन सक्नेछन् । यसअघि यो सुविधा केवल पैसा तिरेर च्याटजीपीटी चलाइरहेका प्रयोगकर्तालाई मात्र उपलब्ध थियो । प्रयोगकर्ताले सामान्य प्रम्प्ट लेखेर नै तस्बिर तयार गर्न सक्नेछन् ।

यो फिचर माइक्रोसफ्टको कोपाइलटमा पनि उपलब्ध छ, जहाँ ड्याल-ई थ्रीको अघिल्लो संस्करण ड्याल-ई प्रयोग गरेर चित्र बनाउन सकिन्छ । माइक्रोसफ्ट कोपाइलटले प्रयोगकर्तालाई असीमित तस्बिरहरू बनाउन सक्ने सुविधा दिन्छ ।

ओपनएआईले जनवरी २०२१ मा आफ्नो पहिलो ड्याल-ई मोडल सार्वजनिक गरेको थियो । त्यसयता कम्पनीले अन्य केही एडभान्स्ड मोडेलहरू पनि प्रस्तुत गरिसकेको छ ।

पछिल्लो अध्यावधिक: साउन २५, २०८१ १२:५५