close

काठमाडौं, पोखरा र चितवनका ६० बढी रेस्टुरेन्टका सबै आइटममा ५० प्रतिशतसम्म छुट दिँदै फुडमाण्डु

टेकपाना टेकपाना

असोज ७, २०८१ १२:२५

काठमाडौं, पोखरा र चितवनका ६० बढी रेस्टुरेन्टका सबै आइटममा ५० प्रतिशतसम्म छुट दिँदै फुडमाण्डु

काठमाडौं । नेपालको पहिलो तथा लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमाण्डुले नेपालीहरूको महान चाड विजया दशमीको अवसरमा ‘बडा धमाका’ नामक क्याम्पेन सार्वजनिक गरेको छ । हरेक महिनाको पहिलो हप्ता फुडमाण्डु डबल धमाका क्याम्पेन आयोजना गर्ने कम्पनीले यस बडा दशैंमा झनै ठुलो अफर ल्याएको हो ।

बडा धमाका क्याम्पेन अन्तर्गत ग्राहकहरूले काठमाडौं, पोखरा र चितवनका ६० भन्दा बढी रेस्टुरेन्टहरूको सबै आइटममा ५०% सम्मको छुट पाउन सक्नेछन् । आफ्ना ग्राहकहरूका लागि यो चाडपर्व अझ बढी रमाइलो बनाउने आफूहरूको लक्ष्य रहेको फुडमाण्डुकी ब्रान्ड एण्ड मार्केटिङ म्यानेजर इनेशा भट्टराईले बताइन् । ‘‘यसका लागि हामीले फुडमाण्डुमा स्वादिष्ठ परिकारहरूका साथै आकर्षक छुटको व्यवस्था समेत गरेका छौँ," उनले भनिन् ।ू उनले ूयो बडा धमाका क्याम्पेनले हाम्रा ग्राहकहरूका लागि यो चाडपर्वको मौसममा थप सहजता र स्वादिष्टता ल्याउनेछ र प्रियजनहरूसँग अविस्मरणीय पलहरू सिर्जना गर्न मद्दत पुग्नेछ ।”

बडा धमाका क्याम्पेन ३–२३ असोजसम्म चल्नेछ । कम्पनीका ग्राहकहरूले फुडमाण्डुको एप वा वेबसाइटबाट केही क्लिकमै दशैंको स्वाद आकर्षक मूल्यमा घरमै पाउन सक्नेछन् । 

 

पछिल्लो अध्यावधिक: असोज ७, २०८१ १२:२७