close

बुद्ध एयर भन्छः टिकेटमा अङ्कित रकम एडिट गरेर बढी लिएको भन्दै सामाजिक सञ्जालमा प्रचार गरियो

टेकपाना टेकपाना

असोज २१, २०८१ ९:४८

बुद्ध एयर भन्छः टिकेटमा अङ्कित रकम एडिट गरेर बढी लिएको भन्दै सामाजिक सञ्जालमा प्रचार गरियो

काठमाडौं । केही दिनयता हवाई जहाजको टिकेट असाध्यै महँगो भएकोबारे सामाजिक सञ्जालमा आलोचना र असन्तुष्टि व्यक्त भइरहेका छन् । त्यसको केही समयपछि वायुसेवा सञ्चालक सङ्घले बैठक बस्दै केही दिनसम्म अधिकतम मूल्यमा टिकेट बिक्री नगर्ने निर्णय गरेको थियो ।

तर यसबारे जन गुनासो भने रोकिएन । यसबारे बुद्ध एयरले भने हवाई टिकेटमा अङ्कित रकमलाई सम्पादन गरेर बढी बनाएर सामाजिक सञ्जालमा राखिएको बताएको छ । 

आइतबार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै बुद्ध एयरले त्यस प्रति ध्यानाकर्षण समेत जनाएको थियो । “हवाई टिकेटमा अङ्कित रकमलाई 'डिजिटल्ली' एडिट गरेर बढी बनाइ रकम असुलेको गुनासोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,” बुद्ध एयरले लेखेको छ । यसका साथै टिकेटको वास्तविक मूल्य बुझ्न आफ्नो वेबसाइटमा हेर्न समेत बुद्ध एयरले अनुरोध गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २१, २०८१ ९:४९