close

एडोबीले ल्यायो लेखेको आधारमा आकर्षक भिडिओ बनाइदिने एआई टुल

टेकपाना टेकपाना

असोज २९, २०८१ १८:३४

एडोबीले ल्यायो लेखेको आधारमा आकर्षक भिडिओ बनाइदिने एआई टुल

काठमाडौं । एडोबीले भिडिओ बनाउन सक्ने नयाँ एआई टुल सार्वजनिक गरेको छ । सोमबार एक कार्यक्रम गर्दै कम्पनीले टेक्स्ट प्रम्प्टबाट भिडिओ बनाउन सक्ने नयाँ एआई मोडेलको बेटा भर्सन सार्वजनिक गरेको हो ।

‘फायरफ्लाई भिडिओ’ नाम दिइएको यो मोडेलले यसै वर्षको सुरुमा सार्वजनिक भएको ओपनएआईको सोरा लगायत अन्य एआई टुललाई टक्कर दिने अनुमान गरिएको छ । विशेष गरी चलचित्र र टेलिभिजनका लागि भिडिओ सामग्री उत्पादनमा यसले परिवर्तन ल्याउने बताइएको छ ।

यसका लागि कम्पनीले व्यावसायिक रूपमा प्रयोग गर्न कानुनी रूपमा मान्यता मिल्ने डेटा राखेर मोडेललाई तालिम दिइरहेको बताइएको छ । यसो हुँदा प्रयोगकर्तालाई व्यावसायिक कामका लागि मोडेलको सामग्री प्रयोग गर्न सजिलो हुने जनाइएको छ ।

अब एडोबीले वेटिङ लिस्टमा रहेका प्रयोगकर्तालाई यश टुल उपलब्ध गराउने बताएको छ । यद्यपि यो कहिलेबाट सुरु हुन्छ भन्ने खुलाइएको छैन । 

कम्पनीले यसअघि नै प्रिमियर प्रोमा जेनेरेटिभ एक्सटेन्डेड फिचर ल्याएको थियो । यसले प्रम्प्टका आधारमा नै कुनै पनि भिडिओ फुटेज एक्सटेन्ड गर्ने काम गर्छ । यसैले गर्दा यो टुललाई क्रियटरको हरेक कामका लागि उपयोगी बनाउने कम्पनीले विश्वास लिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २९, २०८१ १८:३५