close

२ अर्ब ७५ करोडमा नेटफ्लिक्सले किन्यो ‘पुष्पा टुः द रुल’ को डिजिटल राइट्स

टेकपाना टेकपाना

कात्तिक ७, २०८१ १२:५९

२ अर्ब ७५ करोडमा नेटफ्लिक्सले किन्यो ‘पुष्पा टुः द रुल’ को डिजिटल राइट्स

काठमाडौं । भिडिओ स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सले भारतीय तेलगु चलचित्र ‘पुष्पा २: द रुल’को डिजिटल राइट्स खरिद गरेको छ । चलचित्र निर्माता र नेटफ्लिक्सबीच मङ्गलबार दुई अर्ब ७५ करोड भारू (चार अर्ब ४० करोड रुपैयाँ)मा चलचित्रको डिजिटल अधिकार खरिद गर्ने सम्झौता भएको हो । 

यो भारतीय सिनेमा क्षेत्रमा कुनै पनि प्लेटफर्मले डिजिटल राइट्स लिनका लागि तिरेको सबैभन्दा बढी शुल्क भएको बताइएको छ । यो सम्झौता चलचित्र प्रि-रिलिज (प्रदर्शन हुनु अगावै) व्यवसायको उल्लेखनीय उपलब्धिको हिस्सा हो ।

राष्ट्रिय पुरस्कार विजेता तेलगु अभिनेता अल्लु अर्जुनको आइकनिक पात्र पुष्पराजको रूपमा पुनरागमनले ठूलो चर्चा पैदा गरेको छ । यसले गर्दा चलचित्रको प्रि-रिलिज सङ्कलनलाई एक खर्ब ८५ करोड भारुसम्म पुर्‍याउन महत्वपूर्ण योगदान दिएको छ ।

सुकुमारको निर्देशनमा तयार भएको पुष्पा २, पुष्पा १ को सिक्वेल हो । यस चलचित्रमा रश्मिका मन्दना, फाहद फसिल लगायतका कलाकारले अभिनय गरेका छन् ।

माइथ्री मुभी मेकर्सको ब्यानरमा बनेको यो चलचित्र ६ डिसेम्बर २०२४ देखि विश्वभर प्रदर्शन हुनेछ । यस चलचित्रले थ्रियटर्स राइट्स छ अर्ब ४० करोड भारुमा बिक्री गरेको छ । यो चलचित्र पाँच अर्ब लगानीमा तयार भएको बताइएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक ७, २०८१ १२:५९