close

नबिल बैंकको वेबसाइटमा फिफा विश्वकपको लाइभ स्कोर

टेकपाना टेकपाना

असार १०, २०८३ ०:३०

नबिल बैंकको वेबसाइटमा फिफा विश्वकपको लाइभ स्कोर

काठमाडौं । नबिल बैंक लिमिटेडले फुटबल प्रेमीहरूका लागि आफ्नो आधिकारिक वेबसाइटमार्फत फिफा विश्वकप २०२६ को लाइभ स्कोर हेर्न मिल्ने सुविधा ल्याएको छ । विश्वकप फुटबलको उत्साहलाई आफ्ना ग्राहक र खेलप्रेमीहरूसँग जोड्न यो फिचर थप गरेको बैंकले जनाएको छ ।

फुटबल प्रशंसकहरूले बैंकको वेबसाइट nabilbank.com मा गएर विश्वकपका खेलहरूको रियल-टाइम स्कोर, म्याच स्ट्याट्स र आगामी खेलहरूको तालिका हेर्न सक्नेछन् ।

बैंकको होमपेजमा राखिएको विशेष ‘विजेट’ मार्फत कुन टिमबिच खेल भइरहेको छ, खेल सुरु हुन कति समय बाँकी छ र खेलको वर्तमान अवस्था के छ भन्ने जानकारी प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

तीनवटा ‘भिसा एक्सिलेन्स अवार्ड’ बाट सम्मानित समेत भएको नबिल बैंकले ग्राहकको सुविधा र संलग्नतालाई ध्यानमा राख्दै यो नयाँ सेवा सुरु गरेको हो । ‍बैंकले पछिल्लो समय प्रविधिको प्रयोगमार्फत ग्राहकलाई छिटो छरितो सेवा प्रदान गर्न 'नबिल डिजी बैंक' मार्फत विभिन्न काम गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: असार १०, २०८३ ०:३१