काठमाडौं । नेपाली बजारमा नयाँ स्मार्टफोन ‘टेक्नो स्पार्क ३०’ उपलब्ध भएको छ । कम्पनीले बुधबारदेखि नेपाली उपभोक्तामाझ यो फोन उपलब्ध गराएको हो ।
राम्रो क्यामेरा, ब्याट्री र स्टोरेज खोज्ने प्रयोगकर्ताका लागि यो फोन उपयुक्त हुने कम्पनीले उल्लेख गरेको छ । फोनको पछाडि ६४ मेगापिक्सेलको सोनी क्यामेरा छ भने सेल्फी क्यामेरामा १३ मेगापिक्सेलको सेन्सर छ ।
फोन मिडियाटेक हेलियो जी९१ प्रोसेसरद्वारा सञ्चालित छ । तपाईँले ८ जीबी र्याम भेरियन्टमा यो फोन खरिद गर्न सक्नुहुन्छ । आवश्यकता अनुसार थप ८ जीबी थप्न सकिने भर्चुअल र्यामको सुविधा पनि यसमा दिइएको छ ।
त्यस्तै फोनमा ५००० एमएएच क्षमताको ब्याट्री दिइएको छ । ब्याट्री दिनभर टिक्ने दाबी कम्पनीको छ । यो फोन कम्तीमा पनि पाँच वर्षसम्म ल्याग नभएर चल्ने कम्पनीले जनाएको छ ।
यसमा इन्फ्रारेड रिमोट र डुअल स्पिकर दिइएको छ । नेपाली बजारमा यो फोन २५६ जीबी स्टोरेज भेरियन्टमा खरिद गर्न सकिन्छ ।
फोनको मूल्य भने साधारण र बम्बल्बी इडिसन अनुसार फरक फरक छ । सामान्य इडिसनको फोनको मूल्य २२ हजार ४९० छ भने बम्बल्बी इडिसनको मूल्य २२ हजार ९९० रुपैयाँ तोकिएको छ ।