काठमाडौं । नेपालमा आईफोन १६ सिरिज सार्वजनिक भएको केही समयमै आईफोन १५ सिरिजको मूल्य २२ हजारसम्मले घटेको छ । नेपालका लागि एप्पलको आधिकारिक वितरक जेनेरेसन नेक्स्ट अन्तर्गतका विक्रेताले आईफोन १५ को मूल्य घटाएका हुन् ।
यसअन्तर्गत आईफोन १५ मोडेलको मूल्य आठ हजार ३०१ देखि २२ हजार ६०० रुपैयाँले घटेको छ । खासगरी आईफोन १५ र आईफोन १५ प्लसमा भारी छुट दिएको देखिन्छ ।
नेपालमा आईफोन १५ अन्तर्गत १२८ जीबी, २५६ जीबी र ५१२ जीबी भेरियन्ट उपलब्ध छ । यी भेरियन्टमा क्रमशः २२ हजार ३००, २२ हजार ३०० र २२ हजार ६०० रुपैयाँ छुट दिइएको छ ।
त्यसैगरी आईफोन १६ प्लसको १२८ जीबी भेरियन्टमा १६ हजार ८००, २५६ जीबी भेरियन्टमा २२ हजार ५०० र ५१२ जीबी भेरियन्टमा २२ हजार ७०० रुपैयाँ छुट दिइएको छ ।
त्यसैगरी आईफोन १५ प्रोको १२८ जीबी र २५६ जीबी भेरियन्टमा आठ हजार २०१ रुपैयाँ छुट दिइएको छ । त्यसका साथै आईफोन १५ प्रोको १ टीबी भर्सनमा कम्पनीले आठ हजार ६०१ रुपैयाँ छुट दिएको छ ।
आईफोन १५ प्रो म्याक्स मोडेल अन्तर्गत कम्पनीले १ टीबी भर्सनमा सबैभन्दा बढी अर्थात् आठ हजार ६०१ रुपैयाँ छुट दिएको छ । त्यसैगरी ५१२ जीबी भेरियन्टमा आठ हजार ४०१ र २५६ जीबी भेरियन्टमा आठ हजार ३०१ रुपैयाँ छुट दिएको छ ।
यस्तो छ आईफोन १५ सिरिजका विभिन्न मोडेलको पुरानो र नयाँ मूल्य !