close

गिफ्ट र आईफोन पठाई दिने बहानामा नेपालीहरूलाई ठग्ने एक भारतीय पक्राउ

टेकपाना टेकपाना

कात्तिक १२, २०८१ १८:३१

गिफ्ट र आईफोन पठाई दिने बहानामा नेपालीहरूलाई ठग्ने एक भारतीय पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल ह्वाट्सएपमा सम्पर्क गरी विभिन्न बहानामा ठगी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत उडिसा घर भई हाल झापा बसिरहेका ३० वर्षीय राजीव महानन्द रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई शनिबार मोरङबाट पक्राउ गरेको हो । कार्यालयका अनुसार आरोपित महानन्द सबैभन्दा पहिले ह्वाट्सएपबाट पीडितसँग सम्पर्कमा आउँथे । 

त्यसपछि सुनका गहना, आईफोन र अन्य महँगा सामान पठाई दिने प्रलोभन देखाउथे । यति भएपछि विभिन्न व्यक्तिको बैंक खातामा रकम पठाउन लगाउथे । यसरी विभिन्न व्यक्तिबाट पटक पटक गरी १७ लाख ८२ हजार रुपैयाँ ठगी गरेको कार्यालयले जनाएको छ ।

पक्राउ परेका व्यक्तिबाट प्रहरीले चार थान मोबाइल, चार ओटा डेबिट कार्ड, बैंकको चेकबुक र एनसेलको सिम बरामद गरेको छ । उनी माथि ठगी सम्बन्धी कसुरमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १२, २०८१ १८:३२