काठमाडौं । चिनियाँ मोबाइल निर्माता कम्पनी भिभोले वाई सिरिजको नयाँ फोन, भिभो वाई १९ एस सार्वजनिक गरेको छ । कम्पनीले आइतबार आकर्षक डिजाइन र मनोरञ्जनात्मक विशेषता सहितको यो नयाँ फोन बजारमा ल्याएको हो ।
यो फोन डाइनामिक लाइटसहितको स्टाइलिस डिजाइनमा आएको छ । यसमा क्यामेरा मोड्युलसँग आकर्षक ढङ्गले मिलाइएको अभिनव ब्रिदिङ लाइट फिचरले सूचनाको लागि मात्र नभई, प्रयोगकर्ताको दैनिक जीवनमा आउने विभिन्न परिदृश्यहरू जस्तैः कलहरू आउँदा, फोटो सुटिङ काउन्टडाउन, गेम सुरु हुँदा, सङ्गीत सुन्दा, र ब्याट्री चार्जिङको समयमा लाइटलाई अनुकूलन गर्ने सुविधा प्रदान गर्छ ।
भिभो वाई १९ एस दुई आकर्षक कलर भेरियन्टमा उपलब्ध छ । पर्ल सिल्भर मोडेलले इरिडेसेन्ट कोटिंग प्रयोग गरेर इन्द्रेणीका रङहरूको जस्तै चमकदार दृश्य अनुभूति गराउँछ । जबकि डायमण्ड ब्ल्याक भेरियन्टले डायमण्ड जस्तो चमक दिने सूक्ष्म र आकर्षक बनावट समेटेको छ । भिभो वाई १९ एसमा ६.६८ इन्चको ९० हर्जको डज डिस्प्ले छ, जसले प्रत्येक टच र ग्रिपलाई एक नयाँ अनुभव प्रदान गर्छ । यो फोनको स्क्रिन ब्राइटनेस १,००० निट्ससम्म पुग्न सक्छ, जसले विभिन्न प्रकाश अवस्थामा पनि उत्कृष्ट दृश्य अनुभव दिन्छ ।
चाहे तपाईं चर्को घाम मुनि रहनुहोस् वा उज्यालो कोठामा, यसको उच्च चमक सहितको स्क्रिनले दृश्यलाई स्पष्ट रूपमा हेर्न सकिने बनाउँछ । यो फोनको स्क्रिनले टीयूभी राइनल्याण्ड लो ब्लु लाइट प्रमाणीकरण पनि पाएको छ, जसले आँखालाई हानिकारक निलो प्रकाशबाट सुरक्षा प्रदान गर्दछ । डुअल स्टेरियो स्पिकरको साथ ३०० प्रतिशत अडियो बुस्टर सुविधा समावेश रहेको भिभो वाई १९ एसमा राम्रो अडियो–भिजुअल अनुभव पाउन सकिन्छ ।
भिभो वाई १९ एसमा ५,१५० एमएएच क्षमताको ब्याट्री राखिएको छ, जसले विस्तारित गेमिङ र सारा दिनको आउटिंगका लागि पर्याप्त पावर दिन्छ । यसको स्थायित्वको लागि ब्याट्रीमा चार वर्षको ब्याट्री हेल्थ ग्यारेन्टी दिइएको छ, जसले १,६०० चार्ज साइकलपछि पनि कम्तीमा ८० प्रतिशत क्षमताको साथ ब्याट्री मजबुत रहने कुरा सुनिश्चित गर्छ ।
भिभो वाई १९ एसले एसजीएस ड्रप रेसिस्टेन्ट र मिलेट्री ग्रेड सर्टिफिकेसन प्राप्त गरेको छ । जसले फोनलाई भित्र र बाहिरबाट मजबुत रहेको कुरा जनाउँछ । आईपी ६४ रेटिङ प्राप्त यो फोनले धुलो र पानीको छिटाबाट सुरक्षित राख्छ । भिभो वाई १९ एसमा ५० एमपी मुख्य क्यामेरा रहेको छ, जसको सहयोगमा पोट्रेट र नाइट मोडको फिचर समेटेको छ । जसले क्रिस्टल क्लियर फोटो खिच्न मद्दत पुर्याउने कम्पनीले जनाएको छ ।
युवा प्रयोगकर्ताहरूलाई ध्यानमा राखेर तयार पारिएको भिभो वाई १९ एस दुई भेरियन्टमा उपलब्ध छ । जसमध्ये ४/१२८ जीबी स्टोरेजको मूल्य १६ हजार ९९९ र ६/१२८ जीबी स्टोरेज भेरियन्टको मूल्य १८ हजार ४९९ रुपैयाँ राखिएको छ ।