काठमाडौं । फोटोशपको विकल्पमा आएको अनलाइन डिजाइनिङ प्लेटफर्म क्यानभा डाउन भएको छ । मङ्गलबार दिउँसो साढे २ पछि क्यानभा डाउन भएको हो ।
वेबसाइट डाउन भए/नभएको थाहा दिने डाउनडिटेक्टरका अनुसार विश्वभरका अधिकांश प्रयोगकर्ताहरूले वेबसाइट डाउन भएको रिपोर्ट गरिरहेका छन् ।
अहिले क्यानभाको वेबसाइट खोल्दा ‘५०४ गेटवे टाइमआउट’ सन्देश देखिन्छ । त्यही सन्देशको ठीकमुनि कम्पनीले समस्या पहिचान गर्न र हल गर्न लागि परिरहेको समेत जनाएको छ ।
क्यानभा डाउन हुँदा विश्वभरका प्रयोगकर्ता मारमा परेका छन् ।