काठमाडौं । फेसबुक रिल बनाउने क्रममा एक भारतीय युवकले रेलमार्गको ट्रयाकमै गाडी चलाएपछि प्रहरी नियन्त्रणमा परेका छन् । भारतीय सञ्चारमाध्यम एनडीटीभीका अनुसार ती युवकले मादक पदार्थ सेवन गरेर साथीहरूको उक्साहटमा रेलमार्गमा महिन्द्रा थार गुडाएका थिए ।
उनले गाडी चलाउने प्रयास गरेपनि त्यसलाई नियन्त्रण गर्न नसक्दा ट्रयाकमा अड्किएको थियो । पछि केही व्यक्तिले उनलाई ट्रयाकबाट गाडी निकाल्न सहयोग गरे । र, गाडी हुत्तिएर २०-३० मिटर पछाडि पुगेको थियो । त्यस क्रममा ती व्यक्तिले रमिता हेर्न आएकामध्ये तीन जनालाई ठक्कर दिएको समेत बताइएको छ ।
तत्कालै घटनास्थल पुगेको प्रहरीले युवकलाई नियन्त्रणमा लिनुका साथै गाडी बरामद गरेको छ ।
पछिल्लो समय भारतमा रेलको ट्रयाकमा रिल बनाउने क्रममा दुर्घटना बढ्दै गइरहेका छन् । क्षणिक चर्चाका लागि जोखिम लिएर रिल बनाउन खोज्दा तीब्र गतिमा आएको रेलमा ठोक्किएर केहीले ज्यान पनि गुमाउन पुगेका छन् ।
WATCH: Drunk man arrested for driving his Mahindra Thar on railway track in #Jaipur while filming a social media reel. His car got stuck as a train approached. pic.twitter.com/nln9V44dQl