काठमाडौं । सन् २०२४ बिदाइको सँघारमा छ । ठीक यही बेला विभिन्न अनलाइन स्ट्रिमिङ प्लेटफर्महरूले प्रयोगकर्ताको क्रियाकलापबारे वर्षभरको सङ्क्षिप्त जानकारी दिने गर्छन् । जसलाई रिक्याप भनेर पनि चिन्ने गरिन्छ ।
विशेषत: सङ्गीत प्रेमीका लागि यो बढी उपयोगी हुन्छ । किनकि उनीहरूले वर्षभर सबैभन्दा बढी कुन गीत सुने ? कुन कलाकारलाई सुने ? भन्ने जानकारी प्राप्त गर्छन् ।
अहिले युट्युब म्युजिकले केही प्रयोगकर्ताहरूलाई यस वर्षको रिक्याप उपलब्ध गराइसकेको छ । यस महिना (नोभेम्बर) को अन्त्य सम्ममा भने सबै प्रयोगकर्ताहरूले आफ्नो रिक्याप हेर्न सक्नेछन् । यसमा प्रयोगकर्ताहरूले आफूले सुनेको टप आर्टिस्ट, सङ्स, एल्बम, प्लेलिस्ट हेर्न सक्छन् ।
तर म्युजिक रिक्याप देखिन भने तपाईँले वर्षभर युट्युबमा चार घण्टाभन्दा बढी म्युजिक सुनेको हुनु पर्छ । त्यस्तै हिस्ट्री पज गर्नु भएको छ अथवा हालै मात्र तीन महिनाभन्दा बढी समयको हिस्ट्री डिलिट गर्नु भएको छ भने पनि तपाईँले म्युजिक रिक्याप हेर्न सक्नुहुन्न । यसका साथै बालबालिकाका लागि बनाइएको सङ्गीतमा पनि यो देखिँदैन ।
तपाईँले आफ्नो रिक्याप कसरी हेर्ने, आज हामी त्यसबारे बताउँदै छौं:
सबैभन्दा पहिला मोबाइलमा युट्यब एप खोल्नुहोस् ।
तलको दायाँ भागमा रहेको आफ्नो प्रोफाइलमा क्लिक गर्नुहोस् ।
त्यहाँ तपाईँले मध्य भागमा ‘योर म्युजिक रिक्याप इज हियर’ भन्ने देखिन्छ, त्यसमा क्लिक गर्नु होस ।
अब नयाँ पेजमा तपाईँले आफ्नो गीत सुनाइको सारांश देख्नुहुने छ ।
युट्युबको होम पेजको मध्य भागमा पनि तपाईँले रिक्यापको विकल्प देखिन्छ ।