काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आधिकारिक टिकेटिङ पार्टनरमा डिजिटल वालेट खल्ती छनोट भएको छ । एनपीएलले मङ्गलबार खल्तीलाई आफ्नो आधिकारिक टिकेटिङ पार्टनरका रूपमा छानेको हो ।
खल्तीका तर्फबाट सीईओ विनय खड्का र क्रिकेट सङ्घ नेपाल (क्यान) का तर्फबाट सचिव पारस खड्काले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । खल्तीलाई टिकेटिङ पार्टनर बनाउँदा आफू उत्साहित भएको क्यानका सचिव पारस खड्काले बताए । “सबैले एप डाउनलोड गरी टिकेट काटेर ग्राउन्डमा आइ नेपाली क्रिकेट प्रतिको समर्थन दर्साई दिन हुन अनुरोध गर्दछु,” खड्काले भने ।
१५ मङ्सिरदेखि सुरु हुने एनपीएल खेलका लागि टिकेटको मूल्य भने खुलाइएको छैन । यस विषयमा जिज्ञासा राख्नेलाई खल्तीले छिट्टै जानकारी दिने बताउँदै आएको छ ।