काठमाडौं । गेमिङ एक्सेसरिज ब्रान्ड ब्ल्याक शार्क औपचारिक रूपमा नेपाल भित्रिएको छ । इलेक्ट्रोनिक्स तथा ग्याजेट मार्केटप्लेस मोबाइलमान्डुले यो ब्रान्ड नेपाली उपभोक्तामाझ भित्र्याएको हो ।
यो अवसरमा मंसिर ११ देखि १७ गतेसम्म गेमिङ र हेल्थ प्रविधिमा चासो राख्ने ग्राहकले ब्ल्याक शार्कका उच्च गुणस्तरीय स्मार्टवाच र इयरबडको जानकारी लिन र प्रयोग गर्नसक्ने मोबाइलमान्डुले जनाएको छ । साथै कम्पनीले सीमित समयका लागि ५० प्रतिशतसम्मको आकर्षक छुट र अन्य विशेष अफर पनि ल्याएको छ ।
यसअन्तर्गत पहिलो ५० ग्राहकले जीटी३ नियो स्मार्टवाच र टी९ इयरबडमा विशेष छुट पाउनेछन् । त्यस्तै सुरुवाती ग्राहकलाई ग्याजेट अनुभवमा सहजता प्रदान गर्न स्पेसल गिफ्ट ह्याम्पर उपलब्ध गराइएको छ । साथै, ५० हजार रुपैयाँ बराबरको ब्ल्याक शार्क उत्पादन जित्न सकिने ग्रान्ड गिभअवे कार्यक्रम पनि राखिएको छ ।
मोबाइलमान्डुले नेपाली बजारमा पहिलो चरणमा विभिन्न मोडलका स्मार्टवाच र इयरबड उपलब्ध गराएको छ । कम्पनीका अनुसार यी स्मार्टवाचमा सातदेखि २१ दिनसम्मको ब्याट्री लाइफ रहेको छ भने इयरबडमा ४० घण्टासम्मको ब्याट्री ब्याकअप छ ।
ग्राहकले मोबाइलमान्डु र दराजका डिजिटल प्लेटफर्मबाट यी सामग्री खरिद गर्न सक्नेछन् ।
ब्ल्याक शार्क ब्रान्ड सन् २०१७ मा साओमीको सहायक कम्पनीको रूपमा स्थापना भएको थियो । अहिले भने यो स्वतन्त्र रूपमा क्रियाशील छ ।