close

अब त्रिवि विद्यार्थीले क्याम्पसमै डिजिटल हस्ताक्षरयुक्त मार्कशिट पाउने

टेकपाना टेकपाना

मंसिर १८, २०८१ १७:१५

अब त्रिवि विद्यार्थीले क्याम्पसमै डिजिटल हस्ताक्षरयुक्त मार्कशिट पाउने

काठमाडौं । अब त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले आफ्नो क्याम्पसमै डिजिटल हस्ताक्षरयुक्त मार्कशिट पाउने भएका छन् । एक सूचना जारी गर्दै विश्वविद्यालयले सम्बन्धित क्याम्पसमा नै डिजिटल हस्ताक्षर सहितको मार्कशिट उपलब्ध गराउने जानकारी दिएको हो ।

योसँगै क्याम्पसहरूले स्नातक तह चौथो वर्षको वार्षिक परीक्षा प्रणाली अन्तर्गतका परीक्षार्थीहरूको प्रकाशित नतिजाको मार्कशिट उपलब्ध गराउने छन् । यसका लागि क्याम्पसहरूले त्रिविबाट उपलब्ध गराइएको पोर्टलमा 'रिजल्ट मेनु' चयन गरी 'मार्कशिट' विकल्पमा गएर विद्यार्थीको मार्कशिट प्रिन्ट गर्न सक्नेछन् ।

सम्बन्धित क्याम्पसहरूले १९ मंसिरदेखि यो प्रक्रिया लागू गर्नुपर्ने त्रिविले उल्लेख गरेको छ ।

पछिल्लो अध्यावधिक: मंसिर १८, २०८१ १७:२९