काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर महिला उद्यमीहरूको लागि विशेष प्याकेज सार्वजनिक गरेको छ । कम्पनीले नारी दिवस २०७५ को अवसरमा उद्यमी महिलाहरूलाई लक्षित गर्दै ५० प्रतिशत छुट सहितको ‘उद्यमी प्याकेज’ अफर ल्याएको हो ।
यस अफर अन्तर्गत महिला उद्यमीहरूले क्लासिक टेकको ‘उद्यमी (Enterprise) प्याकेज’ अन्तर्गत तीन ओटा योजनामा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । जसमा ६० एमबीपीएस, १२० एमबीपीएस र २०० एमबीपीएस गतिको इन्टरनेट प्याकेजहरू रहेका छन् । यी तीन ओटै प्याकेजको वार्षिक जडानमा ५० प्रतिशत फ्ल्याट छुट प्रदान गरिने कम्पनीले जनाएको छ । कम्पनीले महिला उद्यमीहरूलाई व्यवसायमा प्रोत्साहन गर्ने उद्देश्यले यो विशेष अफर ल्याएको बताएको छ ।
यो अफर प्राप्त गर्न महिला उद्यमीहरूको व्यवसाय महिलाको नाममा दर्ता भएको हुनुपर्नेछ । क्लासिक टेकको ‘उद्यमी (Enterprise) प्याकेज’मा ग्राहकहरूले पब्लिक आईपी, ५ गिगाहर्जको डुअल ब्यान्ड राउटर र अनलिमिटेड एफयुपी जस्ता सुविधाहरू प्राप्त गर्नेछन् । साथै यो प्याकेज जडान गर्ने ग्राहकले कम्पनीबाट कर्पोरेट सपोर्ट पनि पाउनेछन् ।
यो विशेष अफर मार्च १५ सम्म मात्र लागू हुनेछ । तोकिएको शुल्क बाहेक अन्य कुनै शुल्क नलाग्ने कम्पनीले स्पष्ट पारेको छ । थप जानकारी लिन वा अफरबारे बुझ्न ९८०२६२२३०३ मा फोन गर्न वा [email protected] मा ईमेलमार्फत सम्पर्क गर्न सकिनेछ ।