काठमाडौं । अनलाइन मार्केटप्लेस दराज नेपालले ‘४.४, नव वर्ष उत्सव’ घोषणा गरेको छ । कम्पनीले नयाँ वर्ष २०८२ को अवसर पारेर ७०% सम्म छुटसहितको फ्ल्याश सेल आयोजना गर्ने भएको हो ।
जसमा १ करोड रुपैयाँ बराबरको भौचर तथा निःशुल्क डेलिभरी सुविधा रहेको छ । ४ अप्रिल (२२ चैत, २०८१) देखि सुरु हुने ४.४ सेल १३ अप्रिल (३१ चैत, २०८१) सम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । सेलले नेपाली ग्राहकहरूलाई रोमाञ्चक किनमेलको नयाँ अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।
उत्सव अवधिभर ग्राहकहरूले हरेक दिन फ्ल्याश सेलमार्फत विभिन्न क्याटेगरी तथा सेटाफिल, मसलब्लेज, एईबीबी, ह्रोटो, माइक्रोलाइफ, एक्स-एज, ब्ल्याकशार्क लगायतका ब्रान्डमा ७०% सम्मको छुट पाउने बताइएको छ । सीमित अवधिका लागि मात्र उपलब्ध हुने यी अफरहरू हरेक दिन अपडेट गरिने भएकाले ग्राहकलाई दराज एपको फ्ल्याश सेल सेक्सन नियाल्दै मौकाको फाइदा उठाउन कम्पनीले अनुरोध गरेको छ ।
४.४ सेल अवधिभर अग्रिम डिजिटल भुक्तानीमा दराजले उपभोक्ताका लागि ७५० रुपैयाँसम्मको छुट सुविधा उपलब्ध गराउने छ । यसका लागि दराजले नबिल बैंक, हिमालयन बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, नेपाल एसबीआई बैंक, ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, तथा गरिमा विकास बैंक गरी नौ ओटा बैंकसँग सहकार्य गरेको छ ।
किनमेलका लागि यी बैंकहरूको क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले अधिकतम १५५ (७५० रुपैयाँसम्म) छुट प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले १०% (५०० रुपैयाँसम्म) छुट प्राप्त गर्ने बताइएको छ ।
यसैगरी, ग्राहकहरूका लागि ४४ रुपैयाँ, ४४४ रुपैयाँ, र ४,४४४ रुपैयाँका आकर्षक डिल पनि उपलब्ध हुने दराजले विज्ञप्ति मार्फत जानकारी दिएको छ । साथै, ९९ रुपैयाँ, ३९९ रुपैयाँ, ९९९ रुपैयाँ, र १,९९९ रुपैयाँको छुटमा पनि विभिन्न उत्पादनहरू खरिद गर्न पाइनेछ ।
४.४ नव वर्ष उत्सवको अवधिभर, कम्तीमा ५,००० बराबरको किनमेल गर्ने एक भाग्यशाली ग्राहकले २९,९९९ बराबरको वनप्लस नर्ड सीईएस लाइट जित्ने अवसर पाउनेछन् । त्यस्तै, चार जना भाग्यशाली ग्राहकहरूलाई १०,३०० बराबरको यासुदा पर्सनल एयर कुलर जित्ने अवसर रहेको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार यो अवसरमा ‘एड टु कार्ट एण्ड विन’ योजना अन्तर्गत सेटाफिल, याजी, जीसीजी आइवेयर र उकुलेलेका ५,००० बराबरका गिफ्ट ह्याम्परहरू तीन जना भाग्यशाली ग्राहकहरूले जित्नेछन् । भने, एक जना ग्राहकले १२,००० बराबरको ग्लेन एयर फ्रायर प्राप्त गर्नेछन् ।
यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले निर्धारित अवधिभित्र १०,००० रुपैयाँ बराबरका सामानहरू कार्टमा राख्नुपर्नेछ । त्यस्तै, १,००,००० भन्दा बढीको किनमेल गर्ने ग्राहकले १०,००० सम्मको विशेष छुट भौचर प्राप्त गर्न सक्ने दराजले जनाएको छ । यो अवसर भने ४ अप्रिलको मध्यरातदेखि उपलब्ध हुने बताइएको छ ।