close

घरायसी सामान किन्नेलाई गोदरेजको विशेष अफर, ३० हजारसम्म क्याशब्याक, ०% ब्याजदरमा ईएमआई

टेकपाना टेकपाना

चैत २६, २०८१ १५:३७

घरायसी सामान किन्नेलाई गोदरेजको विशेष अफर, ३० हजारसम्म क्याशब्याक, ०% ब्याजदरमा ईएमआई

काठमाडौं । नयाँ वर्ष २०८२ को अवसरमा गोदरेजले “गोदरेजसँग नयाँ सुरुवात” नामक अभियान सार्वजनिक गरेको छ । कम्पनीले ३०,००० सम्मको क्याशब्याक र आकर्षक उपहारसहित नयाँ वर्षको विशेष अफर ल्याएको हो ।

अफर अन्तर्गत चेस्ट फ्रिजर्स र सिङ्गल डोर रेफ्रिजेरेटरमा आकर्षक क्याशब्याक सुविधा रहेको छ । डबल डोर रेफ्रिजेरेटरमा निःशुल्क फ्राई प्यान वा कासेरोल पाउन सकिनेछ भने साइड-बाई-साइड रेफ्रिजेरेटरमा निःशुल्क मिक्स्चर ग्राइन्डर उपलब्ध छ । 

वाशिङ मसिन (टप लोड र ट्विट टब) मा निःशुल्क एरियल म्याटिक डिटर्जेन्ट (४ केजी/२ केजी), माइक्रोवेभ ओभनमा निःशुल्क कुकिङ किट, एयर कन्डिसनरमा निःशुल्क इन्स्टलेसन, निःशुल्क डेलिभरी र वाशिङ मसिन मोटरमा १० वर्षको वारेन्टी रहेको छ । 

यो अफर नेपालभरका सम्पूर्ण सीजी इलेक्ट्रोनिक्सको गोदरेज आउटलेटहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

ग्राहकले यी घरायसी सामान खरिद गर्न शून्य प्रतिशत ब्याजमा ईएमआई सुविधा पनि पाउनेछन् । साथै पुराना सामान साट्न सकिने सीजीएक्स एलेक्स सुविधा पनि उपलब्ध छ । 

 

पछिल्लो अध्यावधिक: चैत २६, २०८१ १५:४१