close

सिनेमा हलमा बक्स अफिस अनिवार्य हुने, टिकेटको जानकारी काट्ने बित्तिकै सरकारी निकायमा पुग्ने

टेकपाना टेकपाना

बैशाख १५, २०८२ १६:५५

सिनेमा हलमा बक्स अफिस अनिवार्य हुने, टिकेटको जानकारी काट्ने बित्तिकै सरकारी निकायमा पुग्ने

काठमाडौँ । सरकारले प्रत्येक सिनेमा हल तथा चलचित्र घरहरूमा बक्स अफिस प्रणाली अनिवार्य गर्ने भएको छ । आइतबार सङ्घीय संसद्‌को राष्ट्रिय सभामा दर्ता भएको चलचित्र विधेयक २०८१ मा यस किसिमको व्यवस्था गरिएको हो ।

यसको अर्थ चलचित्र बोर्डको सफ्टवेयर तथा सर्भरमा अन्तर आबद्धता भएको विद्युतीय माध्यमबाट टिकेट जार्नुपर्ने र सो कारोबारको जानकारी रियल टाइममा केन्द्रीय चलचित्र व्यवस्थापन प्रणालीमा पुग्नेछ ।

यस किसिमको सफ्टवेयर प्रणालीबाट बोर्डले रियल टाइम डेटा लिनुका साथै चलचित्र घरहरूले प्रत्येक चलचित्रका लागि छुट्‍टाछुट्‍टै कोड लिएर टिकेट बुकिङ वा बिक्री गर्नुपर्नेछ ।

यसका साथै चलचित्र घरहरूमा चलचित्र प्रदर्शनको लागि इनकोडिङ गर्ने व्यवस्था समेत मिलाउन सक्ने प्रावधान विधेयकमा समेटिएको छ । बक्स अफिस बिना चलचित्र प्रदर्शन गरेमा १० लाख रुपैयाँसम्म जरिबानाका साथै उपकरण जफत गरी चलचित्र घर नै बन्द गराउन सक्ने उल्लेख छ । 

यस्तो छ विधेयक

पछिल्लो अध्यावधिक: बैशाख १५, २०८२ १७:२