close

भिभोको नयाँ स्मार्टफोन सार्वजनिक, के के छन् विशेषता ?

टेकपाना टेकपाना

जेठ ९, २०८२ १८:२६

भिभोको नयाँ स्मार्टफोन सार्वजनिक, के के छन् विशेषता ?

काठमाडौँ । नेपाली बजारमा भिभो वाई सिरिजअन्तर्गत नयाँ स्मार्टफोन 'भिभो वाई१९ एस प्रो' सार्वजनिक भएको छ । ६,००० एमएएच क्षमताको ब्याट्री तथा ४४ वाट फ्ल्यास चार्ज प्रविधि सहित फोनमा पाँच वर्षको ब्याट्री हेल्थ सुरक्षा दिइएको छ ।

यसअन्तर्गत १७०० पटक चार्ज-डिस्चार्ज भएपनि कम्तीमा ८० प्रतिशत क्षमता कायम रहने कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीका अनुसार एन्टी-ड्रप डिजाइन, एसजीएस फाइभ स्टार ड्रप रेसिस्टेन्स, मिलिट्री ग्रेड सर्टिफिकेसन र आईपी६४ प्रमाणित फोन टिकाउसँगै आकर्षक लुक्समा उपलब्ध छ ।

फोनमा ६.६८ इन्चको हाई-ब्राइटनेस डज डिस्प्ले छ, जसमा ९० हर्ज रिफ्रेसरेट र १००० निट्स पिक ब्राइटनेस पाउन सकिन्छ । फोटोग्राफी प्रेमीहरूका लागि ५० मेगापिक्सेलको मुख्य क्यामेरा छ । 

क्यामेरा मोड्युलमा ‘डाइनामिक लाइट’ नामक इनोभेटिभ एलिमेन्ट समावेश गरिएको छ । यसले चार्ज हुँदै गर्दा, फोन कल आउँदा, गेमिङ वा फोटो खिच्दा सटल लाइट इफेक्ट्स देखाउँदै फोनलाई अझ स्टाइलिस बनाउने कम्पनीको दाबी छ । 

यो स्मार्टफोन ११ जेठदेखि देशभरका आधिकारिक रिटेल स्टोर तथा दराज अनलाइनमार्फत २० हजार ९९९ रुपैयाँमा किन्न सकिने छ ।

पछिल्लो अध्यावधिक: जेठ ९, २०८२ १८:४६