काठमाडौँ । नेपालका लागि एसरको आधिकारिक वितरक मर्कन्टाइल अफिस सिस्टम्सले ‘एसर स्विफ्ट गो १४’ ल्यापटपमा विशेष छुट योजना सार्वजनिक गरेको छ । प्रविधिमा रुचि राख्ने विद्यार्थी तथा व्यावसायिक प्रयोगकर्तालाई लक्षित गर्दै कम्पनीले यो अफर ल्याएको हो ।
भोलि अर्थात् ३० जेठदेखि ७ असारसम्म सञ्चालन हुने अफर अन्तर्गत ग्राहकले बजार मूल्य ८५,४९९ रुपैयाँ पर्ने एसर स्विफ्ट गो १४ ल्यापटप छुटसहित मात्र ७५,४९९ रुपैयाँमा खरिद गर्न सक्नेछन् । यो अफर काठमाडौंको दरबारमार्गस्थित मर्कन्टाइलको आधिकारिक शोरुममा मात्र उपलब्ध हुनेछ ।
छुट योजनासँगै कम्पनीले सुरुवाती २० जना ग्राहकका लागि थप आकर्षक उपहारको व्यवस्था समेत गरेको छ । स्विफ्ट गो १४ खरिद गर्ने ती २० जना ग्राहकले पातलेवन रिसोर्टमा एक रात दुई दिन निःशुल्क बसाइको लागि भौचर प्राप्त गर्नेछन् । करिब ८,५०० रुपैयाँ मूल्य बराबरको उक्त भौचरमा एक जोडीका लागि ब्रेकफास्ट र डिनरसहितको सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ । यो विशेष अफर स्विफ्ट गो १४ मोडेलमा मात्र लागु हुने कम्पनीले जनाएको छ ।
नेपाली उपभोक्तालाई विश्वस्तरीय प्रविधि प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराउने प्रतिबद्धता अन्तर्गत यो सीमित अवधिको अफर ल्याएको कम्पनीको भनाइ छ ।
एसर स्विफ्ट गो १४ मा एएमडी राइजन ५ ७४३०यू प्रोसेसर, ८ जीबी र्याम र ५१२ जीबी एनभीएमई एसएसडी रहेको छ । यसमा १४ इन्चको फुल एचडी आईपीएस डिस्प्ले, ब्याकलिट किबोर्ड, फिङ्गरप्रिन्ट सेन्सर, एचडी क्यामेरा तथा आधिकारिक विन्डोज ११ अपरेटिङ सिस्टम छ ।
१.२५ केजी तौल भएको यो ल्यापटप पातलो र हलुका भएकाले विद्यार्थी, व्यवसायी तथा कन्टेन्ट क्रियटरका लागि चलाउन सहज र प्रिमियम अनुभव दिने कम्पनीले जनाएको छ । यसमा दुई वर्षको आधिकारिक ब्रान्ड वारेन्टी दिइएको छ ।