close

ललितपुरका विभिन्न स्थानमा ३ दिनसम्म रातको समयमा टेलिकमको एफटीटीएच सेवा अवरुद्ध हुनसक्ने

टेकपाना टेकपाना

असार २९, २०८२ ८:१

ललितपुरका विभिन्न स्थानमा ३ दिनसम्म रातको समयमा टेलिकमको एफटीटीएच सेवा अवरुद्ध हुनसक्ने

काठमाडौँ । नेपाल टेलिकमले पाटन दूरसञ्चार कार्यालय अन्तर्गतका विभिन्न क्षेत्रमा फाइबर-टु-द-होम (एफटीटीएच) नेटवर्कको आन्तरिक मर्मत-सम्भारका लागि सेवा अवरुद्ध हुनसक्ने जानकारी दिएको छ । जसका कारण तीन दिनसम्म रातको समयमा टेलिफोन, इन्टरनेट र टिभी सेवा प्रभावित हुनसक्ने भएको छ ।

टेलिकमले जारी गरेको सूचना अनुसार, आइतबार, सोमबार र मंगलबार राति ११ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म एफटीटीएच सेवा अवरुद्ध हुनसक्ने छ । टेलिकमले मर्मत तालिका सार्वजनिक गर्दै ग्राहकमा पर्न जाने असुविधाप्रति क्षमा मागेको छ ।

सेवा अवरुद्ध हुने क्षेत्र:

असार २९: चक्रपथ पारिका एकान्तकुना, कुसुन्ती, थसिखेल, महालक्ष्मी स्थान,नख्खुडोल शोभाहिटी ।

असार ३०: मङ्गल बजार, कृष्ण मन्दिर, पिमबहाल, ना:टोल, डौबहाल ।

असार ३१: धोबीघाट, मलपोखरी, बागडोल, नख्खु विष्णुदेवी ।

तोकिएको समयभन्दा अघि मर्मत सकिएमा सेवा चाँडै सुचारु हुनसक्ने टेलिकमले जनाएको छ । यदि निर्धारित समयपछि पनि सेवा सुरु नभए टेलिकमको ग्राहक सेवा केन्द्र १९८ वा कार्यालयको टेलिफोन नम्बर ०१-५४२३३६३ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

पछिल्लो अध्यावधिक: साउन ३, २०८२ १९:१८