इजी रेमिट र नियो मनी ट्रान्सफरबिच सहकार्य, विश्वभरबाट बैङ्क खाता र वालेटमा पैसा पठाउन मिल्ने
साउन २९, २०८२ १६:४९
काठमाडौँ । इजी रेमिट र नियो मनी ट्रान्सफरबिच छिटो, भरपर्दो र सुरक्षित रेमिट्यान्स सेवा प्रदान गर्न भुक्तानी सम्झौता भएको छ । यससँगै अब इजी रेमिटको माध्यमबाट नियो मनि ट्रान्सफर मार्फत नेपालका कुनैपनि बैङ्क खाता वा भुक्तानी सेवा प्रदायकका वालेटमा रेमिट्यान्स् पठाउन सकिनेछ ।
यसका साथै नियो मनि ट्रान्सफरका स्थानीय एजेन्टहरूबाट समेत रकम प्राप्त गर्न सकिनेछ । यो नयाँ साझेदारीले पैसा पठाउनको लाग एक भरपर्दो र आधिकारिक माध्यम प्रदान गर्ने कम्पनीले जनाएको छ ।
जसले अनौपचारिक कारोबारको सट्टा सुरक्षित विकल्पलाई प्रोत्साहन गर्ने बताइएको छ । यस साझेदारीले इजी रेमिटको ठुलो विश्वव्यापी सञ्जाल र नियो मनी ट्रान्सफरको नेपालभर फैलिएको बलियो सञ्जालले रेमिट्यान्सको भुक्तानीलाई अझ सहज र सरल बनाउने अपेक्षा गरिएको छ ।
“इजी रेमिटसँग मिलेर अझ राम्रो रेमिट्यान्स सेवा दिन पाउनु हाम्रो लागि सम्मानको कुरा हो," नियो मनी ट्रान्सफरका सीईओ सागर खनालले भने, “हाम्रो संयुक्त प्रयासले पैसाको लेनदेनलाई छिटो र भरपर्दो बनाउनेछ र यसरी औपचारिक माध्यमको प्रयोगलाई बढावा दिएर देशको वित्तीय प्रणालीलाई बलियो बनाउन मद्दत गर्नेछ भन्ने विश्वास छ ।”
पछिल्लो अध्यावधिक: साउन २९, २०८२ १६:५०
