close

टिकटकमा हतियार प्रदर्शन गरेको आरोपमा २४ वर्षीय युवक पक्राउ

टेकपाना टेकपाना

भदौ १८, २०८२ २१:५१

सांकेतिक तस्बिर सांकेतिक तस्बिर

काठमाडौँ । सामाजिक सञ्जाल टिकटकमा हतियार प्रदर्शन गरेको आरोपमा काठमाडौँको ठमेलस्थित एक होटलबाट एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले दिएको जानकारी अनुसार २४ वर्षीय मुस्ताङ घर भई हाल काठमाडौँ स्वयम्भू बस्दै आएका कर्म साङ्पो ठकुरीलाई अवैध हतियारसहित नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार यही १७ भदाै दिउँसो करिब ३ बजे काठमाडौँ महानगरपालिका वडा नम्बर २६ ठमेलस्थित एक होटलमा हातहतियार लुकाईछिपाई राखिएको भन्ने सूचना प्राप्त भएको थियो । सोही सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त लैनचौरबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त होटलमा खानतलासी गरेको थियो । खानतलासीका क्रममा होटलको चौथो तलामा रहेको कोठामा सिरकभित्र पोको पारेर राखिएको अवस्थामा एउटा हतियार बरामद भएको थियो ।

बरामद भएको हतियार सन् १९७६ मोडेलको 'TM-07K.K mdtsushirso JAPAN and foreign patents pending made in japan' लेखिएको पेस्तोल जस्तो देखिने खालको रहेको जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।

पक्राउ परेका ठकुरीले टिकटकमा हतियार प्रदर्शन गरेको प्रहरीको भनाइ छ । उनलाई हातहतियार खरखजाना सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: भदौ १८, २०८२ २१:५१