हुम्लाका सर्केगाड र चङ्खेली गाउँपालिकामा एकसाथ पुग्यो नेपाल टेलिकमको फोरजी र टुजी सेवा
भदौ ३०, २०८२ १५:११
काठमाडौँ । नेपाल टेलिकमको फोरजी सेवा हुम्ला पुगेको छ । टेलिकमको हुम्लाको सर्केगाड गाउँपालिका-१ मा टुजी र फोरजी सेवा २५ भदौदेखि सञ्चालनमा आएको हो ।
फोरजी सेवा सञ्चालनमा आएपछि सर्केगाड गाउँपालिका वडा नं. १, २, ४, ५ र ६ अन्तर्गत पर्ने जिलागाउँ, माझगाउँ, घितागाउँ, नाउली, लुमअन्तर्गत पर्ने क्षेत्रका सेवाग्राहीले फोरजी सेवा पाउने टेलिकमले जनाएको छ । हुम्ला जिल्लाकै चङ्खेली गाउँपालिका-६ मा पनि टेलिकमले २७ भदौदेखि नै टुजी र फोरजी सेवा सञ्चालनमा ल्याएको छ ।
फोरजी सेवा सञ्चालनमा आएपछि चङ्खेली गाउँपालिका वडा नं. ४, ५ र ६ अन्तर्गत पर्ने बरैहीगाउँ, सरु गाउँपालिका, देउली, निमिगाउँ र चङ्खेली गाउँपालिका अन्तर्गतका भूभागहरूका सेवाग्राहीहरू लाभान्वित भएका छन् ।
पछिल्लो अध्यावधिक: भदौ ३०, २०८२ १५:११
