काठमाडौँ । सरकार, राजनीतिक दल र जेनजी पुस्ताबिच बुधबार छलफल हुने भएको छ । २१ फागुनमा घोषणा भएको प्रतिनिधिसभा निर्वाचनको वातावरण निर्माण गर्न सरकारले त्रिपक्षीय छलफल आयोजना गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको माहोल बनाउन पहिलो पटक सरकार, राजनीतिक दल र जेनजी पुस्ताबिच संयुक्त बैठक हुन लागेको बताएका छन् । उनले निर्वाचन सफल बनाउन राजनीतिक दल र सम्बद्ध पक्षहरुसँग चरणबद्ध वार्ता र छलफल भइरहेको जानकारी दिए ।
यसअघि प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा ४ कात्तिकमा सरकार र राजनीतिक दलहरूबिच छलफल भएको थियो ।
पछिल्लो अध्यावधिक: कात्तिक ११, २०८२ १९:४६
