अनरको ‘एक्स नाइन डी’ स्मार्टफोन खरिद गर्दा ५९ लाखको ‘दिपल एस ०५’ ईभी जित्ने मौका
चैत १५, २०८२ १९:११
काठमाडौँ । स्मार्टफोन ब्रान्ड अनरले ‘मेगा गिभअवे’ अभियान घोषणा गरेको छ । यसअन्तर्गत ‘अनर एक्स नाइन डी’ स्मार्टफोन खरिद गर्ने ग्राहकले ‘दिपल एस ०५’ विद्युतीय गाडी (ईभी) जित्ने अवसर पाउनेछन् । नेपाली बजारमा यो कारको मूल्य ५८ लाख ९९ हजार ९९९ रुपैयाँ रहेको छ । अभियानमा सहभागीमध्ये भाग्यशाली एक जनाले यो कार जित्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार सीमित अवधिको यो अफर अन्तर्गत स्मार्टफोन खरिद गर्दा ग्राहकले ईभी जित्ने मौकाका साथै अन्य सुविधाहरू पनि प्राप्त गर्नेछन् । उक्त स्मार्टफोनमा २.५ मिटरसम्मको ‘ड्रप रेसिस्टेन्स’, ‘आईपी ६९ के’ वाटर रेसिस्टेन्स र ८३०० एमएएच क्षमताको ब्याट्री समावेश छ । सामान्य प्रयोग गर्दा फोनको ब्याट्री तीन दिनसम्म टिक्ने दाबी कम्पनीले गरेको छ ।
२९ जनवरीदेखि सुरु भई २८ अप्रिलसम्म जारी रहने यो अभियान अवधिभर ‘अनर एक्स नाइन डी’ खरिद गर्ने ग्राहकले १५ हजार ९९९ रुपैयाँ मूल्य बराबरको ‘अनर च्वाइस वाच टु प्रो’ स्मार्टवाच निःशुल्क पाउनेछन् । यसका साथै ६ महिनासम्मको विशेष सेवा सुविधा अन्तर्गत एक पटकका लागि फ्रन्ट र ब्याक प्यानल रिप्लेसमेन्ट (फेर्न मिल्ने) तथा पानीले पुर्याएको क्षतिको मर्मत सेवा पनि प्रदान गरिने कम्पनीले जनाएको छ ।
नेपाली बजारमा अनर एक्स नाइन डी दुई भेरियन्टमा उपलब्ध छ । जसअन्तर्गत ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ५४ हजार ९९९ रुपैयाँ तथा १२ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ५९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
यो अफर नेपालभर रहेका सबै आधिकारिक अनर रिटेल स्टोर तथा अनलाइन प्लेटफर्महरूमा आगामी ३० दिनसम्म मात्र लागु हुनेछ । साथै यो फोन शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी (ईएमआई) मार्फत पनि खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
<iframe width="560" height="315" src="https://www.youtube.com/embed/Em3cbSDJK7s?si=wgbCPxbbf0Ebrl_w" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" referrerpolicy="strict-origin-when-cross-origin" allowfullscreen></iframe>
पछिल्लो अध्यावधिक: चैत १५, २०८२ १९:१४
