close

एउटै नम्बरमा आएका मेसेज धेरै जनाले एकसाथ व्यवस्थापन गर्न सकिने ह्वाट्सएप विजनेस १८ सयमै !

टेकपाना टेकपाना

चैत २२, २०८२ १५:४०

एउटै नम्बरमा आएका मेसेज धेरै जनाले एकसाथ व्यवस्थापन गर्न सकिने ह्वाट्सएप विजनेस १८ सयमै !

काठमाडौँ । नजिकिँदै गरेको नयाँ वर्ष २०८३ को अवसर पारेर नेपालमा व्यावसायिक सञ्चार प्रविधि सेवा प्रदान गर्दै आएको आकाश टेलले आफ्नो मेटा अथोराइज ह्वाट्सएप विजनेस प्लेटफर्म (Meta Authorized WhatsApp Business Platform) मा विशेष छुटसहितको आकर्षक अफर सार्वजनिक गरेको छ । यसअघि ४,५०० रुपैयाँ पर्ने सेवालाई कम्पनीले सीमित अवधिका लागि मात्र १,८०० रुपैयाँमै उपलब्ध गराउने भएको हो ।

कम्पनीका अनुसार यो सहुलियतपूर्ण अफर आगामी १५ वैशाखसम्म मात्र लागु हुने छ । कम्पनीले यो अफरमार्फत साना, मझौला र ठुला सबै प्रकारका व्यवसायलाई डिजिटल ग्राहक सेवातर्फ आकर्षित गर्ने लक्ष्य लिएको छ । अहिलेको अत्यन्त प्रतिस्पर्धात्मक बजारमा ग्राहकसँग छिटो, व्यवस्थित र व्यक्तिगत रूपमा संवाद गर्न सक्ने क्षमता नै व्यवसायको सफलताका लागि निकै महत्त्वपूर्ण मानिन्छ । यस्तो अवस्थामा ह्वाट्सएप जस्तो लोकप्रिय माध्यममार्फत सेवा दिन सक्ने यो प्लेटफर्म नेपाली व्यवसायहरूका लागि एक उपयोगी समाधान बन्ने कम्पनीको विश्वास छ ।

आजको समयमा ग्राहक अनुभव नै व्यवसायको मुख्य प्रतिस्पर्धात्मक पक्ष हुने आकाश टेलका उपाध्यक्ष राजन कोइराला बताउँछन् । "ह्वाट्सएप जस्तो व्यापक रूपमा प्रयोग हुने प्लेटफर्मबाट ग्राहकसँग सिधा र प्रभावकारी संवाद गर्न सक्नु आवश्यक भइसकेको छ । यो अफरले नेपाली व्यवसायलाई आधुनिक डिजिटल ग्राहक सेवा प्रणाली अपनाउन सहयोग गर्नेछ,” उनले भने ।

ह्वाट्सएप बिजनेस प्लेटफर्ममा व्यावसायिक सहजताका लागि विभिन्न अत्याधुनिक र उपयोगी सुविधाहरू समावेश गरिएका छन् । यसमा रहेको मल्टी एजेन्ट सपोर्ट मार्फत एउटै ह्वाट्सएप नम्बरमा आएका मेसेजलाई धेरै जना कर्मचारीले एकैसाथ व्यवस्थापन गर्न सक्छन् । जसले गर्दा ग्राहकलाई प्रतिक्रिया दिन लाग्ने समय उल्लेख्य रूपमा घट्छ ।

त्यस्तै मल्टी च्यानल कनेक्सनको प्रयोगले विभिन्न नम्बरहरूलाई एउटै ड्याशबोर्डमा राखेर सबै संवादहरूलाई एकै ठाउँबाट सञ्चालन र निगरानी गर्न सकिन्छ । यसमा समावेश स्मार्ट एआई असिस्टेन्टले २४सै घण्टा स्वचालित रूपमा ग्राहकका सामान्य प्रश्नहरूको जवाफ दिनुका साथै जटिल विषयहरूलाई तोकिएको व्यक्ति वा विभागमा हस्तान्तरण गर्छ ।

व्यवसायहरूले आफ्नै आवश्यकता अनुसार संवादको संरचना तयार गर्न सक्ने कस्टम च्याटफ्लो फिचर समेत यसमा रहेको छ । जसले ग्राहकलाई चाहिएको जानकारी छिटो पाउन सहज बनाउँछ ।

यस बाहेक इन्टर्‍याक्टिभ मेसेज एण्ड क्याटलग सुविधा मार्फत च्याटभित्रै प्रोडक्ट, लिङ्क र अन्य सामग्रीहरू देखाएर ग्राहकसँग सिधा संवाद गर्न पनि सकिन्छ । जसले अनलाइन सामान बिक्री प्रक्रियालाई थप सहज बनाउँछ ।

यसमा भएको WABA API Integration सुविधाले अन्य सफ्टवेयरहरूसँग जोडेर सबै डेटा र संवादलाई एकीकृत रूपमा व्यवस्थापन गर्न सहयोग पुर्‍याउँछ । एकै पटक हजारौँ ग्राहकहरूलाई महत्त्वपूर्ण मेसेज पठाउन सकिने सुविधाको रूपमा बल्क ब्रोडकास्टिङ फिचर समावेश गरिएको छ ।

त्यस्तै यसको अडियन्स म्यानेजमेन्टले ग्राहकहरूलाई विभिन्न समूहमा वर्गीकरण गरी लक्षित सन्देश पठाउन सहज बनाउँछ । कम्पनीका अनुसार यो विशेष अफरले नेपाली व्यवसायलाई थप आधुनिक, प्रभावकारी र व्यवस्थित ग्राहक सेवा प्रणाली अपनाउन महत्त्वपूर्ण सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: चैत २२, २०८२ १५:४०