काठमाडौँ । एनसेलले प्रिपेड ग्राहकका लागि भ्वाइस र डेटा सेवाको शुल्कमा कटौती गर्दै अनलिमिटेड कम्बो प्याक सार्वजनिक गरेको छ । नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा कम्पनीले यस योजना ल्याएको हो ।
एनसेलले यसअघि एक हजार ९९९ रुपैयाँमा उपलब्ध गराउँदै आएको कम्बो प्याकको तुलनामा यो नयाँ अफरको मूल्य ६५ प्रतिशतले घटाएको छ । करसहित ६९९ रुपैयाँमा पाइने यो प्याकको भ्यालिडिटी २८ दिन तोकिएको छ ।
यस प्याक लिएपछि ग्राहकले कुनै पनि नेटवर्कमा अनलिमिटेड कल गर्न पाउनुका साथै अनलिमिटेड डेटा र दैनिक १०० वटा एसएमएस पठाउन सक्ने कम्पनीले जनाएको छ । साथै, ग्राहकले मनोरञ्जनका लागि ‘लायन्सगेट प्ले’ मा समेत निःशुल्क पहुँच प्राप्त गर्नेछन् ।
इच्छुक ग्राहकले *१२३# डायल गरी यो प्याक एक्टिभेट गर्न सक्नेछन् ।
त्यसैगरी एनसेल एप, नजिकैको एनसेल सेन्टर वा आधिकारिक एनसेल पसलहरूबाट पनि यो प्याक लिन सकिने व्यवस्था मिलाइएको छ ।
एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले कनेक्टिभिटीको महत्त्व र दूरसञ्चार सेवाको बढ्दो मागलाई ध्यानमा राखेर यो विशेष अफर ल्याइएको बताए ।
अनलाइन कारोबार, किनमेल, वर्क फ्रम होम, अध्ययन, गेमिङ र मनोरञ्जनका लागि डेटा सेवाको माग बढ्दो छ । यसैलाई मध्यनजर गर्दै प्याक अन्तर्गत उपलब्ध गराइएको लायन्सगेट प्लेमार्फत ग्राहकले हलिउडका हिट फिल्म, टिभी शो, ओरिजिनल कन्टेन्ट र डकुमेन्ट्रीहरू हेरी भरपुर मनोरञ्जन लिन सक्ने कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ ।
लायन्स गेट प्ले एप गुगल प्ले स्टोर, एप्पल एप स्टोर र एमेजोन फायरस्टिकमार्फत डाउनलोड गर्न सकिन्छ ।
पछिल्लो अध्यावधिक: चैत २५, २०८२ १८:५५
