काठमाडौँ । एनसेल ग्राहकले हिमालयन जाभा कफीमा छुट पाउने भएका छन् । याँ वर्ष २०८३ को अवसर पारेर सुरु गरिएको यस व्यावसायिक साझेदारीअन्तर्गत एनसेल ग्राहकले देशभरका हिमालयन जाभा आउटलेटहरूमा कफी, पेय पदार्थ र विभिन्न खानेकुराहरूमा छुट प्राप्त गर्नेछन् ।
साझेदारीअनुसार एनसेलमा रु. ४९९ वा सोभन्दा माथिको प्याक प्रयोग गर्ने ग्राहकले ‘बाई वन गेट वान फ्री’ (एउटा किन्दा एउटा निःशुल्क) अफरअन्तर्गत दोस्रो कप कफी निःशुल्क पाउनेछन् । साथै, सोही योग्यता भएका ग्राहकले तेस्रो कप कफीको खरिदमा ३० प्रतिशत छुट समेत प्राप्त गर्ने एनसेलले जनाएको छ ।
त्यसैगरी, २५ वर्ष वा सोभन्दा कम उमेरका युवा र एनसेलको सिम प्रयोग गर्ने पर्यटकका लागि पनि सहुलियतको व्यवस्था गरिएको छ । रु. ९९ वा सोभन्दा माथिको प्याक प्रयोग गरिरहेका यस समूहका ग्राहकले हिमालयन जाभाका सबै किसिमका खानेकुरा र पेय पदार्थमा २० प्रतिशत छुट पाउनेछन् ।
यीबाहेक रु. ९९ को प्याक वा रेन्टल प्लान चलाउने अन्य सबै एनसेल प्रयोगकर्ताले १० प्रतिशत छुटको लाभ लिन सक्ने बताइएको छ ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल फोलेले कफीमार्फत मानिसहरूबिचको सम्बन्ध र भेटघाटलाई थप अर्थपूर्ण बनाउन यो साझेदारी गरिएको बताए ।
यो छुट सुविधा लिन ग्राहकले कुनै अतिरिक्त दर्ता प्रक्रिया पूरा गर्नु पर्दैन । ग्राहकले एनसेल एपको ‘पार्टनर्ड सर्भीसेस’ भित्र रहेको ‘हिमालयन जाभा कफी’ सेक्सनमा गएर आफ्नो योग्यता जाँच्न सक्नेछन् ।
अर्डर गर्ने समयमा ग्राहकले एनसेल एपको ‘लाइभ’ स्क्रिन हिमालयन जाभाका कर्मचारीलाई देखाउनुपर्नेछ । स्क्रिनशट भने मान्य नहुने कम्पनीले प्रष्ट पारेको छ । एउटा बिलमा ग्राहकको योग्यताअनुसार उपलब्ध हुने सबैभन्दा धेरै छुट स्वतः लागु हुनेछ ।
यो अफर प्याक सक्रिय रहेको अवधिभर पटक-पटक प्रयोग गर्न सकिनेछ ।
पछिल्लो अध्यावधिक: बैशाख ३, २०८३ १८:२५
