close

सुनसरीको इटहरीमा निःशुल्क कम्प्युटर अपरेटर लगायतका विषयमा तालिम सञ्चालन हुँदै, कसरी दिने आवेदन ?

टेकपाना टेकपाना

बैशाख १५, २०८३ १३:५

सुनसरीको इटहरीमा निःशुल्क कम्प्युटर अपरेटर लगायतका विषयमा तालिम सञ्चालन हुँदै, कसरी दिने आवेदन ?

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको आयोजनामा इटहरीको सुनसरीमा कम्प्युटर अपरेटर लगायतका विभिन्न ६ वटा विषयको निःशुल्क तालिम सञ्चालन हुने भएको छ । प्रतिष्ठान अन्तर्गतको व्यावसायिक प्रशिक्षण केन्द्रले तालिममा सहभागी हुन चाहनेहरूका लागि मङ्गलबार आवेदन खुलाएको हो ।

सूचनामा उल्लेख भए अनुसार कम्प्युटर अपरेटर (बेसिक) तालिम ३७ दिन (२२० घण्टा) सम्म सञ्चालन हुने तालिम १ जेठ २०८३ देखि सुरु हुनेछ । तालिम कक्षा प्रत्येक दिन व्यावसायिक प्रशिक्षण केन्द्र इटहरी, सुनसरीमा बिहान १०ः०० बजेदेखि सुरु भएर दिउँसो २ः०० बजेसम्म सञ्चालन हुनेछ ।

२० सिट सङ्ख्या तोकिएको यो तालिम कार्यक्रममा सहभागी हुन इच्छुक नेपाली नागरिकहरूले १५ दिन (२९ वैशाख २०८३) भित्र आवेदन फाराम भरिसक्नु पर्नेछ । मोरङको बेलबारी नगरपालिकाको रोजगार शाखा र व्यावसायिक प्रशिक्षण केन्द्र, इटहरी सुनसरीमा तालिमको फाराम पाइनेछ ।

सोही स्थानमा फाराम पेस गरेपछि अन्तर्वार्ता समेत लिइने उल्लेख छ । कम्प्युटर अपरेटर बाहेक बार टेन्डर, एड्भान्स सिलाई कटाई, एड्भान्स ब्युटिसियन, बेकर र बारिस्टा विषयमा समेत निःशुल्क तालिम लिन सकिने केन्द्रले जनाएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १५, २०८३ १३:५