close

पुराना ग्यालेक्सी फोनमा वन यूआई ८.५ को स्टेबल भर्सन उपलब्ध गराउँदै सामसङ

टेकपाना टेकपाना

बैशाख २५, २०८३ १३:२५

पुराना ग्यालेक्सी फोनमा वन यूआई ८.५ को स्टेबल भर्सन उपलब्ध गराउँदै सामसङ

काठमाडाैँ । सामसङले आफ्नो नयाँ अपरेटिङ सिस्टम (ओएस) वन यूआई ८.५ को अपडेट पुराना ग्यालेक्सी डिभाइसमा समेत उपलब्ध गराउन सुरु गरेको छ । कम्पनीले चार महिनाको बेटा परीक्षणपश्चात् वन यूआई ८.५ को स्टेबल भर्सन बुधवारदेखि पुराना ग्यालेक्सी डिभाइसमा उपलब्ध गराउन थालेको हो ।

नयाँ ओएस पहिलो चरणमा ग्यालेक्सी एस२५ सिरिजका प्रयोगकर्ताले पाउनेछन् । त्यसपछि ग्यालेक्सी एस २४ सिरिज, ग्यालेक्सी जेड फोल्ड ७, ग्यालेक्सी जेड फ्लिप ७, ग्यालेक्सी जेड फोल्ड ६, ग्यालेक्सी जेड फ्लिप ६ तथा ग्यालेक्सी ट्याव एस११ र ट्याव एस१० सिरिजमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार पहिलो चरणमा यो अपडेट दक्षिण कोरियाका प्रयोगकर्तामाझ उपलब्ध छ । त्यसपछि उत्तर अमेरिका, युरोप र एसियाका अन्य क्षेत्रमा क्रमशः उपलब्ध हुने बताइएको छ ।

वन यूआई ८.५ मा विशेषगरी ग्यालेक्सी एआई सम्बन्धी नयाँ फिचर थपिएका छन् । यसले प्रयोगकर्ताको स्मार्टफोन अनुभवलाई थप प्रभावकारी बनाउने दाबी कम्पनीको छ । 

यद्यपि सबै ग्यालेक्सी फोनले समान एआई फिचर पाउने छैनन् । कम्पनीले ग्यालेक्सी एस, ट्याब एस र जेड सिरिजका डिभाइसमा मात्रै पूर्ण एआई फिचर उपलब्ध गराउने छ ।

त्यस्तै, पछिल्ला तीन पुस्ताका ग्यालेक्सी ए, एफ र एम सिरिजका स्मार्टफोनमा केही नयाँ सुविधा थप हुनेछन् । तर ती सुविधा ‘असम इन्टिलिजेन्स’ नाम अन्तर्गत सीमित रूपमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २५, २०८३ १३:२८