close

फेसबुक, इन्स्टाग्राम र मेसेन्जर पुनः सञ्चालनमा

टेकपाना टेकपाना

जेठ २९, २०८३ २१:१८

फेसबुक, इन्स्टाग्राम र मेसेन्जर पुनः सञ्चालनमा

काठमाडौँ । सामाजिक सञ्जालका प्रमुख माध्यमहरू फेसबुक, इन्स्टाग्राम र मेसेन्जर पुनः सञ्चालनमा आएका छन् । शुक्रबार साँझ एक्कासि प्राविधिक समस्या देखिएपछि विश्वभरका लाखौँ प्रयोगकर्ताहरूलाई मेटा प्लेटफर्म्सका सामाजिक सञ्जाल एपहरूमा लगइन गर्न समस्या भएको थियो । प्रयोगकर्ताहरूले आफ्नो अकाउन्ट अचानक लगआउट भएपछि पुनः लगइन गर्न समस्या भोगेका थिए । 

अहिले यी प्लेटफर्महरूमा लगइनको समस्या समाधान भएको छ । सेवा विस्तारै पुनः सञ्चालनमा फर्किरहेको देखिएपनि इन्स्टाग्रामको मेसेन्जर एपीआई, मेटा बिजनेस सुइट, मेसेन्जर प्लेटफर्म, ह्वाट्सएपको बिजनेस प्लेटफर्म र फेसबुकको विज्ञापन मेनेजरमा अझै समस्या रहेको मेटाले जानकारी गराएको छ ।

 

पछिल्लो अध्यावधिक: जेठ २९, २०८३ २१:२६